सिपाडोल बृहत खानेपानीको साधारणसभा सम्पन्न
बैशाख २२, २०८१, शनिबार | विहान ११:३४ बजे | 55
भक्तपुर । सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भयो । साधारणसभाको उदघाटन वागमति प्रदेश सांसद किरण थापाले गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुप्पराज बस्नेत रहनुभएको थियो । उपसमिति १ का अध्यक्ष तुल्सीनारायण लाखेमरुको सभापतित्वमा भएको कार्यक्रममा सचिव शिवरानारायण ग्वाछा, कोषाध्यक्ष आशकुमार मचामसी, जिल्ला समन्वय समिति भक्तपुरलगायतका पदाधिकारीहरुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।