आदर्शमा चारदोवाटो सम्वन्धी जानकारी सभा (तस्वीरहरुसहित)

बैशाख २२, २०८१, शनिबार | विहान ०६:११ बजे | 55

आदर्शमा चारदोवाटो सम्वन्धी जानकारी सभा (तस्वीरहरुसहित)

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा शनिबार जानकारी सभा भएको छ । आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८० डाँंगाचा आदर्श भक्तपुरले चोकमा सभा गरेको हो । सिपाडोल मुलबाटो र भक्तपुर नगरपालिका वडा नं ५ र ७ वीचको चारदोवाटो सम्वन्धी जानकारी सभा भएको हो । 
स्थानीयले आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न मागसहित  आदर्श डाँंगाचा चारदोवाटो कायम गर्न माग समिति २०८० डाँंगाचा आदर्श भक्तपुर गठन गरेका थिए । आदर्श चोकलाई चारदोवाटो नै कायम गरिराख्न माग गर्न समिति गठन गरिएको हो । 
समितिले आदर्श चोकलाई राजमार्ग विस्तारपछि चोक नभई बार लगाएर आवतजावत गर्न तीन तीन सय मिटर जानुपर्ने बनाई आवातजावतको योजना बनाएपछि चोक वन्द गर्न माग गर्दै आएको छ । यही शिलशिलामा भएका काम कुराहरुबारे जानकारी दिन सभा गरेको हो ।
समितिको अध्यक्षमा भक्तपुर नगरपालिका वडा नं ४ का निवर्तमान अध्यक्ष कुमार चवाल रहेका छन् । समितिमा सूर्यविनायक नगरपालिका वडा नं ८ का स्थानीयबासी मणिरत्न बज्राचार्य सचिव रहेका छन् । कार्यसमिति १५ सदस्यीय रहेको छ । 
सभामा वागमति प्रदेशका सांसद किरण थापा, समितिका अध्यक्ष कुमार चवाल, सचिव मणिरत्न बज्राचार्यलगायतले चारदोवाटो कायम गर्न समिति गर्दै आएका विभिन्न संघर्षका कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।  

फाेटाेमा हेर्नुहाेस्...

Comments