गौतम बुद्ध सम्बन्धी जानकारी


बैशाख २१, २०८१, शुक्रबार | साँझ ०४:०४ बजे | 10


गौतम बुद्ध सम्बन्धी जानकारी

प्रशन अधिकारी
१. भगवान गौतम बुद्धको जन्म इसापूर्व ५६३ मा लुम्बिनीमा भएको थियो । 
२. भगवान गौतम बुद्धको जन्म भएको स्थानमा भारतका सम्राट असोकले एक स्तम्भ राख्न लगाए । जसलाई अशोक स्तम्भ भनिन्छ उनले लुम्बिनीमा आएर बुद्ध धर्म अँगालेका थिए । 
३. सत्यको बाटोमा हिँड्नु, हत्या र हिंसा नगर्नु, सत्यको पक्षमा उभिनु भगवान गौतम बुद्धका उपदेशहरु हुन् । 
४. भगवान गौतम बुद्धका उपदेश संसारभरका मानिसले अनुशरण गर्न थाले यसले पछि धर्मको रुप लियो । 
५. भगवान गौतम बुद्धको ८० वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाको दिन भारतको कुसीनगरमा परलोक भएका थिए । यसलाई महापरिनिर्वाण भनिन्छ । 
६. बुद्धको जन्म, ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन एकै तिथि वैशाख शुक्ल पूर्णिमा थियो त्यसैले यस दिनलाई बौद्ध धर्मावलम्बी पवित्र दिनका रुपमा मान्छन् ।

Comments