स्वर्गीय धर्मपत्नीको आत्मशान्तिको कामना गर्दै आर्थिक सहयोग


बैशाख २०, २०८१, बिहीबार | दिउँसो ०१:३६ बजे | 55


स्वर्गीय धर्मपत्नीको आत्मशान्तिको कामना गर्दै आर्थिक सहयोग

बनेपा । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा सञ्चालन गर्न लागिएको शब्दसाधक अतिथिगृहका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लेखक, सम्पादक, भजनगायक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसीले आफ्नी अर्धाङ्गिनी सावित्री राणा केसीको आत्मशान्तिको कामना गर्दै सात हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले उक्त रकम अतिथिगृहको पलङका लागि आवश्यक पर्ने दरी, डस्ना, सिरक, सिरानी र झुल किन्नका लागि उपलब्ध गराउनुभएको हो ।
एकान्त र रमणीय स्थानमा बसेर लेखन, सम्पादन, पठन, अन्वेषण, अनुसन्धान र साङ्गीतिक सिर्जना गर्न चाहने लेखक–साहित्यकार, अन्वेषक–अनुसन्धाता, कलाकार–सङ्गीतकार आदिका लागि साधनास्थल उपलब्ध गराउनका लागि बनेपामा अतिथिगृह सञ्चालन गर्न लागिएको हो । अन्य पलङका लागि पनि यसै गरी सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । अतिथिगृहका लागि आफ्नातर्फबाट सात हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएकोमा डा. इन्दुल केसीप्रति हार्दिक आभार व्यक्त गरिएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समिति परिवारले सावित्री राणा केसीको आत्मालाई आफूमा लीन गराउन नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गरेका छन् ।

Comments