भोलि अरनिको सभा भबन शिलान्यास हुने (निमन्त्रणासहित)
बैशाख २०, २०८१, बिहीबार | विहान ०९:२६ बजे | 60
भक्तपुर । भोलि शुक्रबार विहान भक्तपुरमा अरनिको सभा भबन शिलान्यास हुने भएको छ । विहान साढे सात बजे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम हुने भएको हो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं ६ अरनिको सभा भबन निर्माणस्थल देकोचा भक्तपुरमा कार्यक्रम गंर्दैछ । यो ठाउँं भक्तपुरको देकोचास्थित ख्वप कलेज प्रांगनमा रहेको छ । झण्डै एक महिनादेखि त्यहाँं जग खन्ने कार्य हुँंदै आएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...