शव्दयात्रा तीर्थधामलाई पीडामुक्त केन्द्र बनाउने
बैशाख १९, २०८१, बुधबार | दिउँसो ०३:०५ बजे | 60
काभ्रे । काभ्रेको बनेपामा रहेको शव्दयात्रा तीर्थधामलाई पीडामुक्त क्षेत्रको रुपमा विकास गर्ने कार्ययोजना तयार गर्न संस्थाका अध्यक्ष हरि मञ्जुश्री तथा आजीवन सदस्य डा इन्दुल केसीद्धयले परिकल्पना प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
धाममा काठमाडौंबाट आउनुभएका विशिष्ट विद्धानहरु तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बाँंस्तोलासहितको उपस्थितिमा भएको संयुक्त छलफल कार्यक्रममा हरि मञ्जुश्रीले यो संस्थाको विकासबारे भए गरेका विविध पक्षबारे जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा डा इन्दुल केसीले केन्द्रका हालसम्म भएका साहित्य, योग, प्राकृतिक उपचार, जडिबुटी, धार्मिक मन्दिरहरु अनुसन्धान केन्द्र, पुस्तकालय आदि कुराको सचित्र प्रयोग गरी यहाँं पीडामुक्त केन्द्रको रुपमा ल्याउन सकिने विचार प्रस्तुत गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...