एमाले भक्तपुरमा कसले मार्ला वाजीः नेताहरुलाई टक्कर दिदै काजी
बैशाख १९, २०८१, बुधबार | दिउँसो १२:२५ बजे | 70
भक्तपुर । उपनिर्वाचनको परिणामसंगै देशैभरिका एमाले पंक्तिमा उत्साह छाएको छ । यसैबीच एमाले भक्तपुरको ९ औ जिल्ला अधिवेशन नजिक आएको छ अर्थात आगामी जेठ ३ र ४ गते हुने भएको छ । सो जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओली वा महासचिव शंकर पोखरेलमध्ये एकले गर्ने वताइएको छ । जिल्ला अधिवेशनको तिथि जति –जति नजिकिदैछ, अधिवेशनको पारो पनि त्यही अनरुप तादै जान थालेको छ । एमाले जिल्ला पार्टी कार्यालय सूर्यविनायक नजिकका चिया पसलमा आगामी जिल्लाको नेतृत्वको विषयलाई लिएर कार्यकर्ताहरु बीच छलफल चल्न थालेको छ । यस अघिको जिल्ला अघिवेशन भन्दा फरक समिकरण बन्ने भएकाले पनि यो अधिवेशनले एमालेका कार्यकर्ता पंक्तिलाई उत्साहित पारेको एमाले पंक्तिले निष्कर्ष निकालेको छ । यसर्थ पहिले भन्दा यस पटकको अधिवेशनमा नेतृत्वलाई लिएर फरक समिकरण बन्ने लगभग पक्का भएको एमालेका एक नेताले वताए । ती नेताका अनुसार यसअघि एमालेका युवा नेता पार्टीका पोलिटव्यूरो सदस्य महेश बस्नेतले जिल्लामा जस्तो नेतृत्व ल्याउन खोजे त्यस्तै नेतृत्व हुँदै आएको थियो । उनले भनेको प्राय सबै कुरामा सहमति हुँदै आएको थियो । तर, यस पटक उनले कसैगरी पनि सूर्यविनायकका मेयर जिल्ला पार्टीका उपाध्यक्ष वासुदेव थापा वाहेकको जिल्ला नेतृत्व निर्माणका लागि कसरत गरेपछि उनलाई मेयर थापाले ठाडै चुनोति दिएका छन । ती नेताका अनुसार नेता बस्नेतले खडा गर्ने नेतृत्वको विरुद्ध उनले अर्थात थापाले पनि प्यानल नै खडा गरेको चर्चा छ । अहिलेकै जिल्लाको टिमबाट नेता बस्नेतले थापालाई मात्रै त्यसबाट रिङआउट गर्न खोजेपछि थापाले बस्नेतलाई ठाडो टक्कर दिएका हुन । स्रोतका अनुसार –सम्पन्न स्थानीय निकायको निर्वाचन देखि नै बस्नेत र थापाका बीच सम्बन्ध विग्रिएको हो । बस्नेतले किरण थापालाई सूर्यविनायक नगरपालिकाको मेयरका लागि लविङ गरेपछि थापा बस्नेतसंग चिढिएका हुन । त्यसोत गएको संसदीय निर्वाचनमा पनि नेता बस्नेत कांग्रेसका दुर्लभ थापासंग थोरै मतले मात्रै हारेका थिए । संसदीय निर्वाचनमा बस्नेतलाई हराउन मेयर थापाले भूमिका खेलेको आरोप लगाउनेहरुको पनि एमालेमा कमि छैन । यस अघि जिल्लामा विरलै मात्रै एक ठाउमा उभिएका नेताहरु माझ अच्चमकै धुविकरण हुँदैछ । बस्नेतसंग नेताहरु सोम मिश्र, निर्मल भट्टराई,राजेन्द्र राजथला, शशिजग थापा लगायतका नेताहरु छन भने उता,हालका अध्यक्ष बचन देउजाले उपाध्यक्ष वासुदेव थापालाई लिएर टिम निर्माणको कसरत गरिरहेको वताइन्छ । त्यसोत नेता बस्नेतले देउजाको पुन नेतृत्वलाई पनि स्वीकार्ने पक्षमा रहेका थिए रे । तर, उनले उपाध्यक्ष थापाको साथ छोड्नु पर्ने सर्त राखेपछि अध्यक्ष देउजाले आफू थापाको साथ छोड्न नसक्ने वताएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार , यस पटक बस्नेतको साथमा देखिन लागेका नेताहरु सोम,निर्मल र राजथलाले भने वचनलाई पुन अध्यक्ष बनाएर जान नसक्ने बस्नेतलाई वताउँदै आएका थिए । बस्नेतको तर्फबाट अध्यक्षमा अहिलेका सचिव मोहन बीर श्रेष्ठ , शम्भु दाहाल र नवराज गेलाल मध्ये एक जना उम्मेदवार हुने भएका छन । देउजा –थापाको टिमबाट पुन अध्यक्षमा र उपाध्यक्षमा वासुदेव थापा, सचिवमा अनिल श्रेष्ठ, शिवराम तिमिल्सिना र गोविन्द चोलागाईको चर्चा छ । सहसचिवमा रविन्द सापकोटाको नाम सुन्नमा आउको छ । उता, बस्नेलले नेतृत्व गरेको टिममा उपाध्यक्षमा किरण थापा र उत्तरा नेपालको नाम आइरहेको छ । सहसचिवमा भने राजकुमार जोशीको सम्भावनारहेको चर्चा छ । बस्नेतको टिमको अन्तिम समयमा मोहन बीरलाई अध्यक्षमा उठाउने सहमति भएमा शम्भु दाहाल सचिवमा लड्ने सम्भावना रहेको चर्चा छ । त्यसोत बस्नेतले मेयर थापा जुन पदमा उठे पनि त्यही पदमा किरण थापालाई उठाउने लगभग नेताहरु बीच सहमति भैइसकेको एमाले कार्यकर्ता पंक्तिमा व्यापक चर्चा छ । तर, एमालेको वजारमा चलेको चर्चा जस्तो व्यवहारमा त्यस्तो नहुने किरण थापालाई नजिक बाट चिन्ने जिल्ला कमिटिीका एक नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा दावी गरे । उनले भने कुनै पनि हालतमा किरण थापा वासुदेव संग एउटै पदमा जुध्दैनन यो मेरो ठोकुवा हो । जस्तै परिस्थिति आए पनि अन्तिम आवरमा आएर वासुदेवसंग किरणले आफू नलड्ने जुक्ति निकाल्ने छन । र सो कुरामा बस्नेतको नेतृत्वमा रहेका सबै नेताहरुलाई उनले मिलाउने छन । उनीसंग अर्थात किरणसंग एमालेका नेताहरु सबैलाई एकैसाथ सुताउने अदभूत कला भएको वताए । उनीसंग भएको त्यही कलाका कारण उनले एमालेमा निरन्तर फड्को मारिरहेका छन ।
फाेटाेमा हेर्नुहाेस्...