१३५ ओैं श्रमिक दिवसमा कमलविनायक साकोसद्वारा रक्तदान
बैशाख १९, २०८१, बुधबार | दिउँसो १२:०९ बजे | 50
भक्तपुर, १९ बैशाख । कमल विनायक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा स्वास्थ्य उपसमितिद्वारा १३५ ओैं श्रमिक मजदुर दिवसकाे अवसरमा सरस्वती विद्यागृह माविको प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भयो । संस्थाका सचिव एवं शिक्षा तथा स्वास्थ्य उपसमिति संयाेजक लक्ष्मी प्रसाद चवालले संसारमा बाैध्दिक र शारीरिक श्रमका मजदुरहरु संसार हल्लाउन सन् १८८६ देखि भएको आन्दोलनबाट मजदुर वर्गकाे स्वर्ग समाजवादी व्यवस्था हुने बताउँदै अमेरिकी एकाधिकार तिकाउन रुस युक्रेन युद्ध, चीन विरुद्ध ताईवान युध्द तथा इजरायलकाे जातिय सफाया प्यालेस्टाइनी नरसंहार बारे जानकारी दिनुभयो । शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा महिला ७ जना र पुरुष ४१ गरी जम्मा ४८ जनाले रक्तदान गरिएको थियो । उक्त कार्यक्रम भक्तपुर रेडक्रस सोसाइटीकाे प्राविधिक सहयोगमा सम्पन्न भएको हो । संस्थाले महिला सदस्यहरूको लागि यहीँ बैशाख २१ र २२ गते दुई दिने मिठाइ बनाउने तालिम सञ्चालन हुने जानकारी दिइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...