आज श्रमिकहरुको जुन अवस्था छ त्यस्तो पहिले थिएन
बैशाख १९, २०८१, बुधबार | विहान ०६:१२ बजे | 5
सुनील सापकोटा कौशलटार , भक्तपुर मो. ९८४२०२६२३३ आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यसलाई मजदुर दिवस , मइ दिवस आदि नाउँले पनि बुझिन्छ ।अमेरिकाको शिकागो बाट आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा विश्रामको माग राखी शुरु भएको त्यो मजदुरहरुको आन्दोलनको फलस्वरूप दुनियाँका विभिन्न ट्रेड युनियनहरुको आज यो विकसित रुप हो भन्न सकिन्छ । श्रम इतिहासको अध्यन गर्दा आज श्रमिकहरुको जुन अवस्था छ त्यस्तो पहिले थिएन । विगतमामा अमेरिका तथा यूरोपमा भएका मजदुरहरुको कैयौं संघर्ष र बलिदानहरुले आज मजदुरहरु यो सुधारिएको अवस्था सम्म आइ पुगेका हो। अहिलेको आधुनिक सन्दर्भमा श्रमिकवर्ग लाई दुई भागमा बाँडेको पाइन्छ । एउटा कोठामा बसी मानसिक रुपमा कलम बाट काम गर्ने कर्मचारीवर्ग । जसलाई " ह्वाइट कलर लेवर " । अर्को फ्याक्ट्री मा शारीरिक श्रम गर्ने मजदुरवर्ग जसलाई " ब्लू कलर लेवर " भनिन्छ । नेपालमा अहिले ट्रेड युनियन ऐन लागु भएपनी मजदुर वा श्रमिक वर्गहरु ठगिएकै छन्। बीस बर्षको मेरो बैंक जागिर अवधीमा मैले लग भग बार्ह बर्ष ट्रेड युनियनमा सक्रिय भइ काम गरिसकेको अनुभवले भनेको हुँ । राजनैतिक दलका नेताहरु र रोजगारदाताहरुको मिलोमतो ले अझैसम्म पनि यहाँका श्रमिकहरुले श्रमको उचित ज्याला र सुबिधा हरु पाउन सकेका छैनन्। मलाई येस्को कारण के लाग्छ भने जबसम्म राजनैतिक दलहरुको हस्तक्षेप बाट वा भनौं दवाब बाट ट्रेड युनियनहरु मुक्त हुदैनन् , तबसम्म ट्रेड युनियनहरु स्वतन्त्र भइ आफ्नो मनले चल्न सक्तैनन । तबसम्म श्रमिकहरुको अवस्थाहरुमा सुधार आउँन सक्तैन। यो कुराको चेतना अहिले नेपालको सबै ट्रेड युनियनका नेताहरुमा आउँनु पर्छ भन्ने मलाई लाग्छ। अहिले श्रमिक वर्गहरुको समस्या र चुनैती विगतको तुलनामा आज धेरै छ। वर्तमान बिश्व आर्थिक मन्दीको बेला सबैभन्दा पहिला त हाम्रो जस्तो गरिव मुलुकहरूमा मजदुरहरु लाई न्यूनतम तलब, भत्ता सुबिधा नै हो। त्यसपछि ब्यापक बेरोजगारी अनि पेन्सनको ब्यवस्था नहुनु पनि एक प्रमुख समस्या हो। श्रम बजार पनि राजनैतिक दलका केहि ठुला नेताहरु ,पुँजिपतिवर्गहरु , ठेकेदारहरु र दलालहरुको कब्जामा हुनु , श्रमिक महिलाहरु माथि यौन शोषण हुनु , समाजमा जताततै वाल मजदुरहरु देखिनु , असंगठित क्षेत्रका मजदुरहरुको हक - हितका लागि अहिलेसम्म ट्रेड युनियनहरुले केहि गर्न नसक्नु , हाम्रो जस्तो देशमा स्वतन्त्र ट्रेड युनियनहरु नहुनु र ट्रेड युनियन ऎन आएपनि CBU " कलेक्टिभ बार्गेनिङ युनिट " को निर्वाचन एक दुईभाग स्थान बाहेक अहिलेसम्म हुन नसक्नु आजको ठुलो चुनौती हो। ज्यादा के लेखुँ । अन्तरास्ट्रिय मइ दिवसको अवसरमा सबैमा मेरो हार्दिक शुभकामना । इति