युकेमा किपा:ग्राफी भक्तपुरका १२ जना फोटोग्राफरहरुले खिचेका ४० वटा फोटो प्रदर्शन


बैशाख १८, २०८१, मङ्गलबार | दिउँसो ०१:३७ बजे | 65


युकेमा किपा:ग्राफी भक्तपुरका १२ जना फोटोग्राफरहरुले खिचेका ४० वटा फोटो प्रदर्शन

पासा पुच: गुठि युकेले भक्तपुरका युवा फोटोग्राफरहरुको सँस्था किपा:ग्राफी भक्तपुर र युकेका फोटोग्राफर समेतको गरी ७० वटा फोटोहरु लण्डन बिस्का जात्रा तथा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गरी बैसाख १६ गते प्रदर्शन गर्यो। किपा:ग्राफी भक्तपुरका १२ जना फोटोग्राफरहरुले खिचेका ४०वटा फोटोहरु प्रदर्शन गरिएको उक्त कार्यक्रममा किपा:ग्राफी भक्तपुरका पुर्व अध्यक्ष एवम् सल्लाहकार अच्युत प्रजापतिले यस्ता प्रकारका प्रदर्शनी आगामी दिनमा पनि आयोजना गर्नु पर्ने बताए। उनले आयोजक पासा पुच: गुठि युकेलाई निमन्त्रना दिएकोमा आभार समेत ब्यक्त गरे। कार्यक्रममा प्रमुख अतिथी ग्रीनव्इच कान्सिलका उप प्रमुख जित रानाभाटले लण्डनसम्म आउनु भएर बिशेषत भक्तपुरको सँस्कृति, रहन सहन, जीवन शैली र जात्रा पर्वहरुका बारेमा फोटो मार्फट यहाँका नेपाली दाजुभाई एवम् युकेका नागरीकहरुलाई चिन्ने चिनाउने कार्यको प्रशंसा गरे। उनले प्रशंसा गर्नुका साथै कार्यक्रममा अन्य जिल्लाहरुको समेत सँस्कृति सम्पदाहरुको बारेमा जानकारी दिने फोटोहरु समेत प्रदर्शन गर्नुपर्ने बताए। लन्डनको द ग्यालरी प्लम्बस्थित लाईब्रेरीमाआयोजित सो कार्यक्रममा पासा पुच: गुठि युकेका अध्यक्ष सुशिल प्रजापतिले किपा:ग्राफी भक्तपुरको कला सँस्कृति र सम्पदाका बारेमा ज्ञान हासिल गराएकोमा धन्यबाद ब्यक्त गरे। उनले आउँदो दिनहरुमा पनि यस्ता फोटो प्रदर्शनी आयोजना गर्न अगाडि बदाउन आफु तत्पर रहेको बताए। प्रदर्शनीमा पासा:पुच गुठि लण्दन शाखाका अध्यक्ष माधबलाल श्रेष्ठ, सल्लाहकार ओजेश सिंहले पनि मन्तब्य ब्यक्त गरेका थिए। साथै गत बैशाख १ गते लण्डन बिस्का जात्रा तथा फोटो प्रदर्शनी कार्यक्रम लण्डन स्थित एभियत कल्चर सेन्टरमा आयोजना भएको थियो। प्रदर्शनीमा भक्तपुरका बिबिध सम्पदा, रहन सहन, जीवन शैली, जात्रा पर्व तथा नाचगान र बाजाहरु सँगै सम्बन्धित ४० वटा फोटोहरु प्रदर्शन गरिएका थिए। प्रदर्शनी पासा: पुच गुठि युके अन्तर्गतका बिभिन्न ६ वटा शाखाका सदस्यहरुको उल्लेख्य सहभागीता बिच सम्पन्न भएको थियो।

Comments