ताथलीबाट गाईको बाच्छो काटेर खान पोलिरहेको अवस्थामा पक्राउ
बैशाख १७, २०८१, सोमबार | विहान ०७:०४ बजे | 40
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित भद्र कुमारी खोलामा गाईको बाच्छो काटेकोलाई प्रहरीले पक्राउ गरेको छ । खबर प्राप्त हुना साथ तत्कालै घटनास्थलमा प्रहरी प्रभाग सुडाल र प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई हेर्दा रगत र गोबर फेला परेको हुँदा प्रारम्भिक अनुसन्धान कार्य गरिएको थियो । स्थानीयहरुको सहयोगबाट घटनामा संलग्न मानिसहरु ताथलीमा रहेको ईट्टा भट्टामा काम गर्ने भन्ने खुल्न आएको हुँदा सोही ईट्टा भट्टामा गई हेर्दा अन्दाजी २ किलो मासु भट्टाको झ्याउली नजिकै आगोमा सेकाउदै गरेको अवस्थामा फेला परेकोले पक्राउ गरेको हो । उनीहरुबाट मासु नियन्त्रणमा लिई प्रहरी वृत्त जगाती भक्तपुरमा मार्फत पशुपन्छि सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालत पेश गरी दिएको र अदालतले पाँंच दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको भक्तपुर प्रहरी पसिरले जनाएको छ ।
१। जिल्ला काभ्रेपलान्चोक महाभारत गाँउपालिका वडा नं। १ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथली स्थित ज्ः ईट्टा भट्टामा झ्याउलीमा बस्ने वर्ष ४२ को विर बहादुर रानामगर ।
२। जिल्ला काभ्रेपलान्चोक खानीखोला गाँउपालिका वडा नं। १ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथली स्थित ज्ः ईट्टा भट्टामा झ्याउलीमा वर्ष ३५ को काशीराम लोप्चन ।
३। जिल्ला सिन्धुपाल्चोक हगाम घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथली स्थित ज्ः ईट्टा भट्टामा झ्याउलीमा बस्ने वर्ष ३४ को च्याङ्बा तामाङ ।