मुक्तकः काफी मात्रामा


कार्तिक १७, २०७७, सोमबार | विहान ०४:५१ बजे | 85


लेखकः कुमार लघु


टुटेफुटेको जोडेर कति दिन तिक्छ है
काफी मात्रामा जनतालाई थाहाछ ल
फुटेर नै वास्तविकता थाहा लिनेछ
लुटे वनुको सट्टा फुटेर देखाउनु जाती ।
(२)   चट्टक...
नियम नियती नै चट्टक विर्सीन्दो रहेछ
सवै आफैले खाएर हुन्छ र, अरू देखेन !
अरूको मुख टालेको होईन नी
पालो उसले पनि खोज्नु राम्रै हो ।
(३) आफूले मात्र चपाउने ....
कस्ता देखियो सक्कली कम्युनिष्ट
नक्कली भन्दा नि झुर लोभको गाँड
ननिल्न हुन्छ न त ओकल्न हुने झुण्डेको
गोमन सर्पको बीस घाँटीमा भण्डारण गरेको
(४) दुई कुकुर
लोकतन्त्रले लोभतन्त्र जन्माइयो
दुई कुकुर हाड चुस्नलाई पाखुरा सुर्क्यो
त्यस्का वच्चाहरू त्वाल हेरेको हेरै भो
रूनु न हाँस्नु दाइ भाइ लडेकै छ के ?
(५)    स्वभाव....
पहिला गोरू साँढे सिङ भाँच्ने गरि लड्थे
कुकुर,गोरू, साँढे यस्तै लड्थो खानलाई
यो सत्ताको कुरकुरे हाड चुस्नलाई हो
राजैतिक स्वार्थको उद्देश्य र स्वभाव हो ।

Comments