मनिषको अध्यक्षतामा रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन


बैशाख १६, २०८१, आइतबार | विहान ०२:१३ बजे | 90


मनिषको अध्यक्षतामा रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन

काभ्रे : रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन गरिएको छ। जिल्ला र नगरमा गठन हुँदै आएको उद्योग वाणिज्य संघ गाउँपालिकामा पनि गठन भएको हो।

गणजित बल (मनिष) को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छामान लामा, द्वितीय उपाध्यक्ष वृकमाया तामाङ, महासचिव बिकास लामा, सचिव निर्जला थापा आचार्य र कोषाध्यक्ष चन्द्रबहादुर लामा छन्। सदस्यहरुमा मञ्जु लामा, कविता रायमाझी, अमृत लामा, लक्ष्मी वाईबा, आशा लाल लामा, बिर सिं लामा छन्।

जिल्ला प्रशासन कार्यालय, रोशी गाउँपालिकामा दर्ता, सुचिकृत भइसकेको उद्योग वाणिज्य संघले कटुञ्जेवेशीमा कार्यालय समेत सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्घाटन गरे।

फाेटाेमा हेर्नुहाेस्...

मनिषको अध्यक्षतामा रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन

Comments

ताजा खबर