राधेराधेबासीले जव आफनो घरको कम्पाउण्ड आफैं भत्काउन थाले..


बैशाख १५, २०८१, शनिबार | दिउँसो ०२:५३ बजे | 95


राधेराधेबासीले जव आफनो घरको कम्पाउण्ड आफैं भत्काउन थाले..

भक्तपुर । सार्वजनिक सडक विस्तारका लागि विभिन्न नगरपालिकाहरुले निजी घरका कम्पाउण्डहरु जवरजस्ती बल प्रयोग गरेर भत्काइरहनुपर्दा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ रोधराधे वस्तीबासीले भने आफैं आफना कम्पाउण्डहरु भत्काएर उदाहरणीय कार्य गरेका छन् । वस्तीभित्रका सम्पूर्ण बाटोहरु २० फिट फराकिलो बनाउने योजनासाथ बस्तीभित्र घर हुनेहरुले स्वय आफैं आआफनो घरका कम्पाउण्डलगायतका भौतिक संरचनाहरु भत्काउन थालेका हुन् । 
आफनो परिवारसहित आफनै घरको कम्पाउण्ड भत्काउँंदै गरेका एकजना स्थानीय गीता निरौलाले फराकिलो बाटोको महत्व बुझेकाले पूरै वस्तीबासीको सहमति अनुसार आफनो कम्पाउण्ड पनि भत्काएको सुनाइन् । उनका अनुसार सुरुमा सडक १३ फिटको मात्रै थियो । त्यही अनुसार त्यहाँंका वस्तीबासीले आआफूले चर्चेको जग्गासहित कम्पाउण्ड बनाएका थिए । तर अहिले वस्तीबासीको सहमति अनुसार बाटोलाई ७ फिट बढाएर कुल २० फिट बनाउने योजना छ । त्यही अनुसार आफूले आफूले साढे तीन फिट भित्र सारेर अर्काे नयाँं कम्पाउण्ड बनाउन आफनो कम्पाउण्ड भत्काउन थालेको उनले सुनाइन् । आफूले साढे तीन र आफनो विपरित रहेको छिमेकी घरधनीले साढे तीन फिट गरी कुल सात फिट थप बनाएर १३ फिटे बाटोलाई २० फिटे बनाउने योजनासाथ आफूहरुले कम्पाउण्ड भित्र सार्ने योजना अनुसार काम थालेको उनले सुनाइन् । 
वस्तीबासीहरु मिलेर त्यहाँ श्यामाश्यामा निकोशेरा समाज मध्यपुर थिमि नगरपालिका वडा नं ९ राधेराधे भक्तपुर गठन गरिएको छ । समाजका अध्यक्ष जनार्दन नेपालका अनुसार वस्तीबासीको सहमतिमा वस्तीभित्रका सवैतिरका सडक २० फिट फराकिलो बनाउने योजना अनुसार घर बनिसकेका सवैतिरका सडकहरुमा आआफैले कम्पाउण्डहरु भत्काउन थालेका हुन् । अहिलेसम्म झण्डै एक दर्जन घरधनीहरुले आफैं कम्पाउण्ड भत्काइसकेका छन्, अध्यक्ष नेपालले भने, अहिले फेरि आधा दर्जन घरधनीहरुले शनिबारबाट नै कम्पाउण्ड भत्काउन सुरु गरेका छन् । आफूले पनि शनिबारबाट नै कम्पाउण्ड भत्काउन थालेको उनले जनाए । समाजका उपाध्यक्ष दुर्गाप्रसाद निरौलाले आफूले पनि शनिबार विहानबाट नै कम्पाउण्ड भत्काउन थालेको जानकारी गराए ।  
मध्यपुर थिमि नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाहकले आफनो वडाबासीले यसरी स्वयम नै फराकिलो सडकको महत्व बुझी उदाहरणीय कार्य गरेकोमा प्रशंशा गरे । उनले मध्यपुर थिमि नगरपालिकाकै उपयुक्त नयाँं वस्तीको रुपमा रहेको यो भक्तपुरको ठमेल भनेर चिनिने यो ठाउँंलाई भक्तपुरकै नमूना वस्ती बनाउने योजना रहेको सुनाए । यसका लागि एकाध कसैले भत्काउन नमाने वडाले पहल गरी सम्झाइवुझाइ गरी योजना सफल पार्ने विश्वास उनले दिलाए । 
शनिबार स्थानीबासीको आमन्त्रणमा वडा अध्यक्ष राजबाहकसहित वडा सदस्यहरु त्यस क्षेत्रमा आआफैंले आआफनो कम्पाउण्ड भत्काइरहेको दृश्य देखाउन स्थानीयले अवलोकन भ्रमणमा बोलाएका थिए ।
पूर्वमा भक्तपुर नगरपालिकाको सिमानाको सल्लाघारीको बाटो, पश्चिममा राधेराधे भाटभटेनी सुपर मार्केट, उतरमा निकोसेरा सडक र दक्षिणमा अरनिको राजमार्गको यो चार किल्लाभित्र यो वस्ती रहेको छ । यो वस्ती झण्डै डेढ किलोमिटर लम्वाई र डेढ किलोमिटर चौडाईको क्षेत्रमा फैलिएको छ । हालै मात्रै विकाशशिल यस क्षत्रका आधाआधी जमिन अहिले पनि घर वन्न बाँंकी रहेको अनुमान छ । यहाँं हालसम्म दुई सय ७० घरहरु बनिसकेको तथ्यांक छ ।   

फाेटाेमा हेर्नुहाेस्...

राधेराधेबासीले जव आफनो घरको कम्पाउण्ड आफैं भत्काउन थाले..
राधेराधेबासीले जव आफनो घरको कम्पाउण्ड आफैं भत्काउन थाले..
राधेराधेबासीले जव आफनो घरको कम्पाउण्ड आफैं भत्काउन थाले..

Comments