सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?


बैशाख १५, २०८१, शनिबार | दिउँसो ०१:२९ बजे | 25


सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?

हाइलाइटस्
तस्वीरहरुमा हेर्नुहोस् जग्गा सम्याउन मात्र माग राखी सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल कार्यालयमा जग्गाधनीले दिएको निवेदनको एउटा कपी र डोजर चलाउन अनुमति नै नमागे पनि वडा कार्यालयले डोजर चलाई जग्गा सम्याउन दिएको सिफारिसको दुई वटा कपी नगरपालिका कार्यालयमा वडाबाट पठाएको कपी । साथमा डोजर आतंकले ध्वस्त जस्तै भएका जग्गाको अवस्थाहरुका तस्वीरहरु । 
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा रातिराति चलिरहेको डोजर आतंकले स्थानीयबासी त्रसित बनेका छन् । सूर्यविनायक नगरपालिकाको वडा नं ९ नंखेलको साविक ५ पाँखागाउँमा तीन चारवटा भन्दा बढी ठाउँमा जग्गा सम्याउने नाममा अहिले डोजर चलिरहेको छ । जथाभावी रुपमा रातिराति डोजर चलाएर जग्गा सम्याउँदा स्थानीयवासीमा रातको बीचमा नै केही दुर्घटना हुने हो कि भन्ने त्रास वढेको हो । वनको सिमाना नै गहिरो पारिने गरी चलाउँदै आएको डोजरले कुनै पनि वेला वन नै तल खस्ने हो कि भनेर स्थानीय त्रसित भएका हुन् । 
‘अहिले त झन वर्खाको सिजन आउल लाग्यो, त्यो बेलासम्म यो कार्य रोकिएन भने त हामी पहिरोले पुरिएर मर्न बेर छैन, स्थानीयहरुको एउटै स्वर छ, ‘पटक–पटक सो कार्यको विरोध जनाउँदै स्थानीयवासीहरुले वडा कार्यालय, नगरपालिका लगायत सम्बन्धित निकायमा अवगत गराउँदा पनि सरोकार निकायहरुले गम्भीरताका साथ लिएका छैन्न् ।’ 
सूर्यविनायक नगरपालिकाले अव्यवस्थित प्लानिङ अर्थात जग्गा सम्याउनका लागि जथाभावी रुपमा अनुमति दिएकाले वडाका कतिपय गाँउबस्ती टोल नै जोखिममा पर्ने सम्भावना बढेर गएको उनीहरुको भनाई छ । जग्गा धनीलाई बनको सिमानासँग जोडिएका भिरालो भू–बनोटको अध्ययन नै नगरी नगरपालिकाले जग्गा सम्याउन सिफारिस दिएका कारण सो भुगोलसग जोडिएका तल्लो तटीय मानबबस्ती जोखिममा पर्ने सम्भावना बढेर गएको उनीहरुको चिन्ता हो । त्यहाँं नगरपालिकाकै मिलोमतोमा सो एरियाको तीन–चार ठाउँमा जग्गा सम्याउने नाममा प्लानिङको खेती निर्वाधरुपमा भइराखेको आरोप स्थानीयको छ । 
स्थानीयका अनुसार पहिले जग्गा सम्याउने भनेर नगरपालिकाबाट स्वीकृती लिने गर्छ । त्यसपछि त्यही ठाउँमा प्लानिङको काम गरिदै आउने गरेको छ । पहिलो चरणमा नै प्लानिङको लागि सिफारिस दिदा आफू अप्ठ्यारोमा पर्ने डर भएकाले जग्गा सम्याउन मात्रै भनी नगरपालिकाले स्वीकृति दिदै आउने गरेको छ, उनीहरुले भने, नगरपालिका आफू बच्न र जनतालाई बेबकुफ बनाउनका लागि  प्रायः सबै ठाउँमा यस्तो तरिका अपनाउँदै आउने गरेको देखिन्छ । 
एकातिर नगरपालिकाले आफूले प्लानिङका लागि सिफारिस नदिएको भन्ने अर्कोतिर जग्गाधनीह्ररुले जथाभावी्ररुपमा डाडो फोर्डा समेत चुप लागरे बस्ने एक प्रकारको परम्परा नै नगरपालिकाले बसालेको आफ्नो नाम सार्वजनिक नगरिदिन अनुरोध गर्दै जानकारी दिए ।
वन अतिक्रमणः 
पाँखागाउको वन एरियालाई समेत अतिक्रमण गरेर जग्गा सम्याउने काम भइराखेको छ । तर, नगरपालिका र सम्बन्धित वडा मौन बसेको छ, स्थानीयवासीहरुको आरोप छ । उनीहरुका अनुसार जग्गा सम्याउने नाममा वनको जग्गा समेत अतिक्रमण गर्दै वनको ३०–३५ वटा रुख काटिएका थिए । तर पनि नगरपालिकाले त्यसलाई चासो दिएन । स्थानीय वन उपभोक्ता समितिले त्यसबारे जानकारी वन विभागलाई गराएपछि वनका कर्मचारीहरु निरीक्षणका लागि आएका थिए । जग्गावालाहरुले आफ्नो जग्गा सम्याउने क्रममा वनको समेत अतिक्रमण गरेको पाएपछि उनीहरुलाई वनले जरिवाना रकम समेत गराएको थियो । तर, अहिले कुनै पनि बेला वन समेत जोखिममा पर्न सक्ने र त्यसले ढिलोचाँडो ठूलो मानवीय बस्तीमा क्षति पु¥याउने त्रास स्थानीयमा छ । 
जग्गा सम्याउन वडामा निवेदनः
जग्गा धनीहरु गोविन्द अधिकारी लगायत ४ जनाले वडा कार्यालयमा  २०८० माघ १६ गते निवेदन दिएका थिए । उनीहरुले आफ्नो निवेदनमा जग्जा सम्याउने र त्यसलाई खेतीयोग्य बनाउने भनेर निवेदनमा उल्लेख गरेका थिए । यसको अर्थ त्यहाँ प्लानिङ होइन, खेतीयोग्य जग्गा निर्माण गर्ने भएकाले सो एरियामा आउदा दिनमा खेतीयोग्य जग्गा हुनेछ भन्ने विश्वास स्थानीयको थियो । त्यसकारण नगरपालिकाले सो एरियालाई खेतीयोग्य जग्गाको रुपमा वर्गीकरण गर्ने विश्वास थियो । तर, त्यो स्थानीय जनतालाई आँखामा छारो हाल्ने काम वाहेक अर्को नभएको स्थानीयवासीहरु वताउँछन । उनीहरु भन्छन– त्यो सिधै स्थानीय जनतालाई नगरपालिका र जग्गाधनीले झुक्याृने काम गरेको हो ।
उता, वडामा जग्गा धनीले जग्गा सम्याएर खेतीयोग्य जमिन वनाउने निवेदनमा उल्लेख गरिएको देखिन्छ (हेर्नुहोस् निवेदन) । तर वडाले नगरपालिकालाई गरेको सिफारिसपत्रमा डोजर लगाएर जग्गा सम्याउन दिन नगरपालिकामा सिफारिसपत्र पठाएको छ (यो पनि हेर्नुहोस्) । वडाको डोजरमोहलाई स्थानीयवासीहरुले अर्थपूर्ण ढंगबाट हेरेका छन् । किन निवेदकले उल्लेख नै नगरेको डोजरमा वडाको मोह वढेको हो ?स्थानीयवासीहरुले प्रश्न छ । 
माटोको तस्करी
सूर्यविनायक नगरपालिकाको विभिन्त्र ठाउँबाट ठूलो परिमाणमा माटोको तस्करी हुँदै आएको छ । नगरपालिका अबैध रुपमा माटोको तस्करीबाट आउने मोटो कमिसनको खेतीमा रमाउँदै आएको आरोप स्थानीयको छ । यसले गर्दा नगरपालिकाका विभिन्त्र ठाउँ र वन एरियाहरुमा माटो विक्री गर्ने लोभले असमान्य रुपमा फराकिला संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको मिलोमतोमा हुने माटोको तस्करी अहिले पनि रोकिएको छैन, स्थानीयले भने । पछिल्लो समय बरु यसले नगरपाकिको संरक्षणमा तीव्रता पाएको आरोप उनीहरुको छ । यहाँ पनि अर्थात् यो एरियामा पनि नगरपालिकाको आँखा माटोको विक्रीबाट आउने कमिसनमा गडेको स्थानीयवासीहरु वताउँछन । सम्याउने क्रममा जति धेरै माटो निकाल्न सकियो त्यति नै धेरै कमिसन नगरपालिकालाई प्राप्त हुने भएकाले राति –राति निर्वाध रुपमा नगरपालिकाले डोजर चलाउन दिएको स्थानीयवासीले सुनाए । यो एरियाको माटो पनि राति लाने क्रममा करिब एक साता अघि स्थानीवासीहरुले विरोध गरेर रोकेका थिए । अहिले त्यो माटो लैजानका लागि माटो माफियाहरुको ठूलै चखलखेल भइराखेको उनीहरु सुनाउँछन ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भटराईले विना अनुमति डोजर चलाउन नदिएको दावी गरिन् । अहिले वर्खाको सिजन आउन लागेको भएर छिटै नै निर्णय गरी डोजर चलाउन बन्द गर्ने निर्णय गरेको जानकारी उनले दिइन् । यस विषयमा मेयर बासुदेव थापासँंग पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सफल भएन । 

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?
सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?
सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?
सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?
सूर्यविनायक —९ नंखेलका वडा अध्यक्षको डोजर मोह किन ?

Comments