राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुन भक्तपुरमा
बैशाख १३, २०८१, बिहीबार | विहान ०९:१२ बजे | 65
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाद्वारा संञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको मेडिकल उपकरणहरुको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय आबिष्कार केन्द्रलाई जिम्मा दिने गरी बिहीबार सहमति भएको छ । सहमतिमा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुन बिच दुई पक्षिय सम्झौता कार्य सम्पन्न भएको छ । सम्झौता पश्चात डा.महावीर पुन बाट हस्पिटल पनि निरीक्षण भएको छ ।