भूकम्पको स्मरणमा ख्वप ईन्जिनियरिड्ड कलेजमा प्रवचन


बैशाख १२, २०८१, बुधबार | विहान ११:१८ बजे | 50


भूकम्पको स्मरणमा ख्वप ईन्जिनियरिड्ड कलेजमा प्रवचन

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज तथा ख्वप कलेज अफ ईन्जिनियरिड्डको संयुक्त आयोजनमा २०७२ साल बैशाख १२ गते गएको भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चौथौ आइसीइइ पीडीआरपी वेभसाइटको शुमारम्भ गर्नुभयो । 
कार्यक्रममा प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष प्रजापतिले ९ वर्ष अगाडि गएको भूकम्पको स्मरण गर्नुको औचित्यमाथि प्रष्ट पार्नुहु“दै भूकम्पमा तत्काल उद्धार र तत्काल राहत पु¥याउन सके जनताको जीवन रक्षा गर्न सकिने बताउनुभयो । उहाँले विपद्बाट बच्त पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । 
विपद्लाई व्यक्तिगत तथा राजनीतिक स्वार्थ पूरा गर्ने अवसरको रुपमा प्रयोग गर्नेहरुबाट सचेत हुनुपर्ने बताउनुहु“दै उहा“ले उपत्यका भूकम्पीय जोखिममा रहेतापनि जथाभावी मापदण्ड विपरित घर निर्माणले आगामी दिनमा थप जोखिमको चुनौती रहेको स्पष्ट पार्नुभयो । 
सम्पदा पुनःनिर्माणमा विदेशी सहयोगलाई प्राथमिकतामा नराखी आप्mनै स्रोत र साधनको प्रयोग गरी भक्तपुरका सम्पदाहरु पुनःनिर्माण गरिरहेको बताउनुहु“दै संसद पुनःस्थापना भएको दिनलाई स्मरण गरी देशलाई गणतन्त्रसम्म पु¥याउन संसद पुनःस्थापनाले महत्वपूर्ण भूमिका खेलेको उहा“ले बताउनुभयो । 
उहा“ले गणतन्त्र स्थापना भएको १५ वर्ष वितिसक्दा पनि लाखौं युवा विदेशिरहेकोमा चिन्ता व्यक्त गर्नुहु“दै कलकारखाना निजीकरण, भ्रष्टाचार व्याप्त भएको र दलीय व्यवस्थाको विकल्पको रुपमा स्वतन्त्र पार्टीहरुलाई जनताले अगाडि सारिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप ई. कलेजका प्राचार्य सुजन माकले विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले सञ्चालित शैक्षिक संस्थाले अध्ययन अनुसन्धान र जोर्नल प्रकाशनमा जोड दिंदै आएको तथा विषयगत रुपमा नियमित सम्मेलनहरु आयोजना गरिरहेको बताउनुभयो । त्यसैगरी ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राचार्य सुनिल दुवालले विपद्ले विनाशस“गै अवसर पनि प्रदान गर्ने भएकोले यसबारे विस्तृत रुपमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा भ्बचतजत्रगबपभ भ्लनष्लभभचष्लन का विभागीय प्रमुख डा. मन्जिप शाक्यले भूकम्पले प्रदान गरेको अवसरहरुबारे प्रकाश पार्नुहुँदै भूकम्पसम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्मेलन गरी अनुसन्धान गरिएको बताउनुहुँदै विनाससँगै नयाँ प्रविधिको प्रयोग र आविस्कार भइरहेको बताउनुभयो । 
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिड्ड अध्ययन संस्थानका प्रा.डा. गोकर्णबहादुर मोत्रालगायतले विभिन्न विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो भने कार्यक्रममा डा. सुवेगमान बिजुक्छेंले भूकम्पबाट हुने क्षति न्यूनीकरणबारे बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भूकम्पको स्मरणमा ख्वप ईन्जिनियरिड्ड कलेजमा प्रवचन

Comments