भक्तपुरमा भूकम्प आएपछि...........


बैशाख १२, २०८१, बुधबार | विहान ०७:०५ बजे | 80


भक्तपुरमा भूकम्प आएपछि...........

भक्तपुर । दिउँंसो साढे १० बजेको समय थियो । ठाउँं थियो भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासी भक्तपुर । यतिकैमा ठूलो आवाजमा निरन्तर सिठी बजिरह्यो । सिठी बजेसँंगै कक्षाकोठामा रहेका सवैजना विद्यार्थीहरु लहरै दौडेर कक्षाकोठाबाट बाहिर निस्के र टाउको हातले बेरेर सवैजना सुरक्षित गरी बसे 
यो दृश्य हो, बुधबार भक्तपुरको एभरेस्ट स्कुलमा गरेको भूकम्प सुरक्षा सम्वन्धी अभ्यासको । २०७२ साल बैशाख १२ गते आजकै दिन गएको भूकम्पको सम्झनामा त्यहाँं भूकम्पबाट कसरी सुरक्षित हुने भने अभ्यास गराइएको थियो । 
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कक्षाकोठामा पढिराख्दा कुनैबेला भूकम्प आइहालेमा कसरी सुरक्षित हुने र सुरक्षित जोनमा बसेर आफू वस्ने भनेर सिकाउन अभ्यास गराएको जानकारी दिए । स्कुलका खेलमैदान वरिपरि रहेका विभिन्न भबनहरुमा रहेका कक्षा ४ देखि १० सम्मका झण्डै एक हजार विद्यार्थी बाहिर आएर भूकम्पबाट सुरक्षित हुने अभ्यास गरेका थिए । साथै ससाना क्लासका बालबालिकादेखि कक्षा ४ सम्मकालाई पनि छुटै यस्तै अभ्यास गराइएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा भूकम्प आएपछि...........

Comments