यस्तो छ भूकम्पका बालक सोनिशको अवस्था (तस्वीरहरुसहित)
बैशाख १२, २०८१, बुधबार | विहान ०६:२२ बजे | 85
भक्तपुर । भूकम्पको बालक सोनिश अवाल भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित उनको घरमा पुग्दा सानो बालक सोनिश एक्लै थिए । उनको अवस्थाबारे बुझन घरमा घण्टी बजाउँदै गर्दा उनी नै हतपत आएर मुलढोका खोल्न आए । बुबा र आमा दुवै काममा गएको र एकजना दिदी पनि स्कुलमा गएकीले आफू एक्लै भएको उनले सुनाए ।
पछि टेलिफोन सम्पर्कका आमा रश्मिलाले घरधन्दा चलाउनै धौधौ भएकाले आफू पनि काममा जाने गरेको सुनाइन् । सोनिशका बुबा चालक (ढुवानी सामान बोक्ने) रहेको र आफू अस्थायी रुपमा बोलाउँदा घरघरमा गएर घर सफा गर्नेलगायतका मजदुरीका लागि विहानै निस्कने उनले सुनाए । भूकम्पपछि लामो समय कोठाभाडामा रहेका उनको परिवारले अहिले त्यही घर भत्केको ठाउँंमै सानो अस्थायी संरचना बनाएर बसेका छन् । भएको जग्गा बाटोको मापदण्डमा परेको र अन्यत्र घर बनाउने ठाउँं नभएकाले उनको परिवारले नक्सा पास विना नै अस्थायी टहरा बनाएर कोठाभाडा तिर्नुपर्ने बाध्यताबाट जोगिएका छन् । मापदण्ड छोडेर घर बनाउन खोज्ने हो भने बाटोको मापदण्ड छोडेर तीन फिट जग्गा बाँंकी रहन्छ, रश्मिलाले दुःखेसो पोखिन्, त्यही कारण नक्सा पास गरेर पक्की घर बनाउन पाइएन ।
२०७१ मंसिर २९ गते जन्मेका सोनिश पहिलो पटक भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स) मा नर्सरी कक्षामा भर्ना भएका थिए । तर सोनिशका अभिभावकले चर्चित एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरमा भर्ना गर्न चाहे पनि आर्थिक अभावका कारण सामान्य स्कुलमा भर्ना गरेको नागरिक दैनिक (मिडिया) मार्फत् सार्वजनिको थियो । त्यसपछि एभरेस्ट स्कुलले निःशुल्क रुपमा सोनिशलाई भर्ना लिएको थियो । त्यहीबेलादेखि सोनिशले मासिकलगायतका शुल्क निःशुल्क गरी उक्त स्कुलमा पढ्दै आएका छन् ।
एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कक्षा ५ सम्म निःशुल्क पढाइदिने प्रतिवद्धता दोहरयाए । कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरमा सेनाले निःशुल्क पढाइदिने प्रतिवद्धता यसअघि नै सार्वजनिक गरिसकेकाले त्यसअघिसम्मको कक्षा ५ सम्म निःशुल्क रुपमै आफूहरुले पढाइदिने उनले विश्वास दिलाए ।
‘हामीले उनलाई पहिलो पटक नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं, उनले भने, ‘पाँंच कक्षासम्म निःशुल्क अध्ययन गराउने हामी प्रतिवद्धता दोहरयाउन चाहन्छौं ।’ नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पांँंचसम्म गरी आठ वर्ष निःशुल्क पढाइदिने प्रतिवद्धता उनले व्यक्त गरेका थिए । त्यही अनुसार उनले अहिले स्कुलमा पढिरहेका छन् । जुनियर केजीमा मात्रै एक वर्ष स्कुलमा भर्ना शुल्कसहित झण्डै ८५ हजार शूल्क लाग्ने स्कुलले जनाएको छ । उक्त शुल्क सोनिशको अभिभावकसँंग नलिई स्कुलले निःशुल्क गरिदिएको हो ।
विक्रम संवत् १९९० साल माघ २ गते दिउँंसो नेपालमा भूकम्प गएको दिनलाई प्रत्येक वर्ष नेपाल सरकारले भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँंदै आएको छ । तर नेपालमा त्यो पछि २०४६ र २०७२ सालमा पनि ठूलो दुईवटा भूकम्प गएको छ ।
फाेटाेमा हेर्नुहाेस्...