विश्व टेबुल टेनिस दिवस मनाईयो
बैशाख १२, २०८१, बुधबार | विहान ०२:३१ बजे | 55
"बिबिधता, समाबेशी र एकताको लागि टेबुल टेनिस" भन्ने नाराका साथ भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजनामा विश्व टेबुल टेनिस दिवस (अप्रिल २३) मनाईयो । सो अवसरमा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले विगतमा भक्तपुर टेबुल टेनिस खेलमा एउटा अव्वल जिल्लाको रुपमा रहेको र २०५८ सालमा भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगर खेलकुद प्रतियोगिता अन्तर्गत भएको टेबुल टेनिस खेलमा भक्तपुर नगरपालिका प्रथम भएको स्मरण गर्दै भक्तपुर नगरपालिकाले मौलिक शैलीमा निर्माण गरिरहेको टेबुल टेनिस हल सम्पन पश्चात कडा मेहेनतले पुन भक्तपुर टेबुल टेनिस खेलको लागि अब्बल जिल्लाको रुपमा स्थापित हुने विश्वास व्यक गर्दै भक्तपुर नगरपालिकाले प्रत्यक बर्ष गर्दै आईरहेको खेलाडी सम्मानमा सहभागी हुन आ आफुले २०८० साल भित्र प्राप्त गरेका पदकको प्रमाण पत्रको प्रतिलिपी सहित संघमा सम्पर्क गर्न पनि अनुरोध गरियो ।
त्यसै गरी संघका उपाध्यक्ष एव अखिल नेपाल टेबुल
टेनिस संघका विधान मस्यौदा समितिका सदस्य तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी
महासंघका महासचिव शिवसुन्दर गोथेले दिवस मनाउनु औचित्य माथि प्रकास पार्नुहुन्दै
खेलाडीहरुले दतचित भएर अनुशासित भई खेल खेले अवश्य सफलता पुगिने बताउनु भयो ।
त्यस्तै संघका अर्का उपाध्यक्ष तथा पुर्व अन्तराष्ट्रिय टेबुल टेनिस खेलाडी तथा
भक्तपुर नगरपालिकाका खेलकुद प्रशिक्षक मुना बासुकलाले भक्तपुर नगरपालिकाले
खेलाडीहरुलाई गर्दै आईरहेको योगदानलाई भुल्न नहुन् बताउँदै सामाजिक सन्जाललाई सहि
सदुपयोग गर्नु पर्ने बताउनु भयो । आजभोलि स सानो कामलाई पनि ठुलो महत्व दिई
सामाजिक सन्जालमा राख्दा भविष्यमा नकारात्कम असर पर्न सक्ने कुरालाई मध्यनजर गरी
जति गरेको त्यतिमात्र सामाजिक सन्जालमा राख्न सुझाव दिईयो ।
स्मरणरहोस विगतमा अप्रिल ६ का दिन मनाउँदै आईरहेको
विश्व टेबुल टेनिस दिवस सोही दिन "अन्तराष्ट्रिय विकास र शान्तिको लागि खेल" दिवस पनि परेको
हुनाले अन्तराष्ट्रिय टेबुल टेनिस महासंघका प्रथम अध्यक्ष Ivor Montsgu को जन्मदिन तथा सोही बर्ष अन्तराष्ट्रिय टेबुल टेनिस महासंघले
प्रथम विश्वव्यापी टेबुल टेनिस च्याम्पियनसिप प्रतियोगिता अवसर पारेको अप्रिल 23, का दिन विश्व टेबुल
टेनिस दिवस मनाएको हो ।
फाेटाेमा हेर्नुहाेस्...