मिठाई बनाउने तालिममा रमाए सिपाडोलका महिलाहरु
बैशाख १०, २०८१, सोमबार | दिउँसो ०१:३९ बजे | 15
भक्तपुर । सिपाडोल सामुदायिक सिकाई केन्द्र सिपाडोल भक्तपुरको आयोजनामा सोमबार एकदिने मिठाई बनाउने तालिम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित सिपाडोल सामुदायिक सिकाई केन्द्रको आयोजनामा भएको तालिममा २८ जना स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।
आउँंदै गरेको औंसीको अवसरमा महिलाहरुले आफनो लागि चाहिने मिठाईहरु आफैं बनाउन सकून् भन्ने उद्देश्यका साथ तालिम दिइएको जनाइएको छ । साथै बजारमा रहेका बासी, सडेगलेका तथा अन्य अखाद्य रंगको प्रयोगबाट बनेका मिठाईबाट जनमानसमा स्वास्थ्यको समस्या नआओस् भन्ने पनि तालिमको उद्देश्य रहेको जनाइयो ।
तालिममा दिनभर सहभागीहरु रमाएका थिए । सिप सिकौं, स्वरोजगार बनी उद्योमी बनौ भन्ने नारा रहेको सिपाडोल सामुदायिक केन्द्रले विभिन्न समयमा स्वरोजरागका लागि यस्ता तालिमहरु सञ्चालन गर्दै आएको केन्द्रका पूर्व अध्यक्ष रोशन मचामसीले बताए । बाँंकी तस्वीरहरुबाट
फाेटाेमा हेर्नुहाेस्...