चिनी चामलको आपूर्ति व्यवस्थापन गरी मूल्यबृध्दिको नियन्त्रण गर
बैशाख १०, २०८१, सोमबार | विहान ०४:५७ बजे | 65
काठमाडौं । राष्टिय उपभोेक्ता मञ्चले चिनी चामलको आपूर्ति व्यवस्थापन गरी मूल्यबृध्दिको नियन्त्रण गर्न सरकारसँंग माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारसमक्ष ज्ञापनपत्र बुझाएर यो माग गरेको हो । बाँंकी ज्ञापनपत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
उपरोक्त बिषयमा सम्माननीय प्रधानमन्त्रीज्यूमा निवेदन छ कि दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चामल, चिनी दाल तेल जस्तो अत्यावश्यक खाद्यान्नहरु आन्तरिक तथा बाह्य कारणले केही महिना देखि अस्वाभाविक रुपमा भई रहेको मूल्यबृध्दिको सम्बन्धमा यस मन्चको तर्फबाट मिति २०८०।०४।१२ गतेको पत्रबाट यहां समक्ष समस्या तथा समाधानका उपाय सहित तत्काल आपूर्ति व्यवस्थापन तथा मूल्य नियन्त्रण नगरिएको अवस्थामा बजारमा चिनी चामल तथा मैदा पिठो (आंटा) को मूल्यबृध्दि सरकारको नियन्त्रण बाहिर जाने प्रवल सम्भावना भएको कुरा अवगत गराउदै केही सुझावहरु प्रस्तुत गरेका थियौं ।
उपरोक्त प्रेषित पत्रमा उल्लेखित सुझावहरु मध्ये धान १० लाख मे.टन, चामल १ लाख मे.टन, गहुं ३ लाख मे.टन र चिनी ५० हजार मे.टन तत्काल आपूर्ति गर्नको लागी सम्माननीय प्रधानमन्त्रीज्यूको पहलमा मिति २०८०।०४।१८ गते निर्णय भई सम्बन्धीत मन्त्रालयमा आवश्यक कारवाहीको लागी निर्देशन दिइएको र सोही निर्देशन अनुसार नै आपूर्ति मन्त्रालयबाट चिनी, चामल, गहूं र धान भारतबाट आयात गर्नको लागी भारत सरकार समक्ष परराष्ट््र मन्त्रालयमा पत्राचार भएको कुरा जानकारीमा आएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू प्रति यस मन्चको तर्फबाट हार्दिक आभार व्यक्त गरेका थियौं ।
बजारमा अनियमित तरिकाले बढदै गएको चिनीको मूल्य नियन्त्रणको लागी आपूर्ति मन्त्रालयबाट अर्थ मन्त्रालयमा चिनीमा लाग्दै आएको ३० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा मु.क. पूरै छूट र १ प्रतिशत भन्सारदरमा साल्ट ट््रेडिंग कर्पोरेशन लि. मार्फत ५० हजार मे.टन ल्याउनको लागी मिति २०८०।०४।१८ को आपूर्ति मन्त्रीस्तरीय निर्णय भएनुसार आपूर्ति मन्त्रालयले मिति २०८०।०४।१८, र मिति २०८०।०४।३० को मन्त्रीस्तरीय निर्णय अनुसार खाद्य व्यापार कम्पनी मार्फत १० हजार मेट््िरक टन चिनी मु.क. पूरै छूट र १ प्रतिशत भन्सारदरमा आयात गरी आपूर्ति व्यवस्थापन गर्न मिति २०८०।०४।३१ मा दोश्रो पटक अर्थ मन्त्रालयसंग सहमति माग गरी पत्राचार भएकोमा अर्थ मन्त्रालयले २५ हजार मेट््िरक टन चिनी साल्ट ट््रेडिंग कर्पोरेशन मार्फत आयात गर्नको लागी लाग्दै आएको ३० प्रतिशत भन्सार महसूलमा आधा मात्र कम गरी १५ प्रतिशत भन्सार महसुल छुट दिइ आयात गर्न सहमति दिएकोमा बजार मूल्यभन्दा बढि मूल्य पर्न जाने अवस्था सिर्जना भएको कारण दुवै सार्वजनिक संस्थानले चिनी आयात गर्ने अवस्था नै रहेको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्दछौं । त्यस पछि यस बिषयमा यति लामो अबधिसम्म कुनै किसिमको कारवाही नै नगरेको पाइएकोछ ।
दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको चिनी, चामल, गहूं, मकैं, दाल, तेल जस्ता वस्तुहरुको नेपालमा पर्याप्त हुन नसक्दा अहिले यी वस्तुहरु भारत र अन्य मुलुकबाट आयात गरी आपूर्ति व्यवस्थापन नगरी धर नै छैन । यस्तो अवस्थामा अघिल्लो सरकारको अर्थ मन्त्रालयको नेतृत्व गर्ने व्यक्ति आफै कालोबजारी, तस्करी तथा बिचौलियाको हातमा बिक्दा सम्मानीय प्रधानमन्त्रीको निर्देशन, संसदीय समितिको निर्देशन, आपूर्ति मन्त्रालयको आग्रह तथा आम उपभोक्ताको आवश्यकतालाई समेत नजरअन्दाज गर्दा अहिले बजारमा ९० रुपैयां प्रति किलोमा झरी सकेको चिनी अहिले ११० रुपैयां प्रति किलो पुगी सकेको, जिरा मसिनो र मोटा चामल प्रति प्याकेटमा नै ८०० रुपैयां सम्म बृध्दि भई सकेको आंटा तथा मैदाको मूल्य पनि करिव ३० प्रतिशत बढि सकेको व्यहोरा जानकारी गराउंदै, यस बिषयमा सम्माननीय प्रधानमन्त्रीको ध्यान गम्भिररुपमा आकर्षित भएन भने मूल्यबृध्दिको चरम श्रंखला शुरु भइ आगामी दिनहरु नेपाली जनताको लागी अत्यन्त भयावह हुन सक्ने सम्भावना प्रति सचेत गराउन चाहन्छौं ।
दैनिक अत्यावश्यक वस्तुको रुपमा चिनी चामल जस्तो खाद्य पदार्थको आपूर्ति व्यवस्था सहज गर्नको लागी सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नु भएको समय सापेक्ष पहल तथा आपूर्ति मन्त्रालयको तदारुकताको वावजूद अर्थ मन्त्रालयको तत्कालिन नेतृत्वले ढिलाई गर्नुको पछाडी के उद्देस्य रहेकोछ त्यो बुझन गाह्रो छैन ।
त्यसैले आगामी आर्थिक बर्षमा आम नागरिकलाई दैनिक उपभोग्यवस्तुहरुबाट राहत दिलाउनको लागी तत्काल नै केही ठोस कदम चाल्नको लागी सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दछौं ।
बोधार्थ तथा कार्यार्थ ः
माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीज्यू,
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय,
सिंहदरबार, काठमाडौं ।
माननीय अर्थ मन्त्रीज्यू,
अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं ।
(प्रेमलाल महर्जन)
अध्यक्ष