नेकपा एस भक्तपुर नगर कमिटीको मुखपत्र प्रकाशन सुरु

बैशाख ८, २०८१, शनिबार | विहान ०५:५५ बजे | 70

नेकपा एस भक्तपुर नगर कमिटीको मुखपत्र प्रकाशन सुरु

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुर नगर कमिटीले आफनो मुखपत्र प्रकाशन सुरु गरेको छ । पार्टी नगर समितिले जनअभियान मासिक प्रकाशन थालेको हो । मासिक पत्रिकाको शनिबार भक्तपुरमा एक कार्यक्रमवीच विमोचन गरियो । पार्टीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाललगायतले गरेका थिए । 
पार्टी भक्तपुर नगर कमिटीका अध्यक्ष डा राजेन्द्र कोजूको सभापतित्वमा भएको कार्यक्रममा पार्टी केन्द्रिय समिति सदस्य एवं वागमति प्रदेश अध्यक्ष सावित्रा भुसाल, पार्टी केन्द्रिय सदस्यहरु भवानी खड्का, ओमचरण अमात्य, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेत, पार्टी केन्द्रिय पार्षद् न्हुछेबहादुर ढुकुछू, समाजसेवी डा इन्दुल केसी, युवा नेता प्रेमध्वज लामालगायले शुभकामना मन्तव्य राखेका थिए । 
पत्रिकाको प्रकाशक पार्टी भक्तपुर नगर कमिटी रहेको छ । प्रधान सम्पादकमा नगर कमिटी अध्यक्ष डा राजेन्द्र कोजू रहेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

नेकपा एस भक्तपुर नगर कमिटीको मुखपत्र प्रकाशन सुरु
नेकपा एस भक्तपुर नगर कमिटीको मुखपत्र प्रकाशन सुरु
नेकपा एस भक्तपुर नगर कमिटीको मुखपत्र प्रकाशन सुरु

Comments