ब्रम्हकुमारी उपसेवाकेन्द्रद्धारा आध्यात्मिक जागरण
बैशाख ७, २०८१, शुक्रबार | विहान ११:२२ बजे | 55
सागर
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ तछुटोलस्थित ब्रम्हकुमारी राजयोग उपसेवाकेन्द्रद्धारा नयाँवर्ष २०८०, बिस्का जात्राको अवसरमा मित्र तथा परिवार स्नेह मिलन कार्यक्रम आयोजना गरियो । उपसेवा केन्द्रकी प्रमुख ब्रम्हकुमारी तिमिलाको सभापतित्वमा भएको उक्त आध्यात्मिक सत्संग कार्यक्रममा वरिष्ठ राजयोग प्रशिक्षक रामसिं ऐरले विश्व शान्ति, भाईचारा, सकारात्मक सोच र चिन्तनका लागि व्यक्ति आफैं परिवर्तन हुँदै आफ्नो परिवार, आफन्त, साथीभाई, समाज र राष्ट्र परिवर्तन गर्नुपर्ने बताउनु भयो । राजयोग मार्फत ज्ञान प्राप्त हुने र त्यो ज्ञान दैनिक जीवनमा लागु गर्ने सात्विक खानपिन जरुरी रहेको प्रशिक्षक ऐरले बताउनु भयो । कार्यक्रममा प्राध्यापक प्रमोद श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै धुमपानप, मध्यपान र र्दुव्यसनबाट आफू जोगिन र अरुलाई जोगाउन जरुरी रहेको बताउनु भयो । उक्त उपसेवा केन्द्रका सुरेन्द्र भाईजीले सञ्चालन गर्नु भएको कार्यक्रममा ब्रम्हकुमारी राजयोग केन्द्र ठमेल काठमाडौंकी ब्रम्हकुमारी मेनुकाले भौतिक शिक्षा र ज्ञानसँगै आध्यात्मिक ज्ञानका लागि ध्यान जरुरी रहेको बताउनु भयो । तनाव रहित सहज जीवन जीउनका लागिल जीवन जिउने कला र माध्यम राजयोग भएको तर्क गर्दै ब्रम्हकुमारी मेनुकाले सत्सगं जीवनका लागि जरुरी रहेको बताउनु भयो । कार्यक्रममा उक्त उपसेवा केन्द्रकी प्रमुख ब्रम्हकुमारी तिमिलाले नयाँवर्ष, विस्काजात्राको शुभकामना दिदैं पारिवारिक स्नेह मिलन कार्यक्रम मार्फत सबैको परिवारमा शान्ति र समृद्धि हुने बताउनु भयो । ब्रम्हकुमारी तिमिलाले आध्यात्मिक शिक्षा, सात्विक भोजन अनि राजयोग मार्फत जीवन सहज र सार्थक हुने तर्क गर्नुभयो । कार्यक्रममा प्राकृतिक चिकित्सा केन्द्रकी नरमाया (नविना), ब्रम्हकुमार नविनचन्द्र श्रेष्ठ लगायतले कार्यक्रमको बारेमा आआफ्नो धारणा सहित नयाँवर्ष र विस्काजात्राको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...