जव विदेशीले भक्तपुरको परमपरागत संगीत संरक्षण तथा प्रबद्र्धन विषयमा प्रवचन दिए ......


बैशाख ७, २०८१, शुक्रबार | विहान ११:१८ बजे | 60


जव विदेशीले भक्तपुरको परमपरागत संगीत संरक्षण तथा प्रबद्र्धन विषयमा प्रवचन दिए ......

भक्तपुर । भक्तपुरका परमपरागत संगीत संरक्षण तथा प्रबद्र्धन विषयमा शुक्रबार भक्तपुरमा प्रवचन कार्यक्रम भएको छ । नेपालभाषा साहित्य तः मुंज्या (सम्मेलन)को आयोजनामा प्रबचन भएको हो । 
प्रवचनमा विशेष अतिथिका रुपमा म्युजिकोलोजीमा पिएचडी प्राध्यापक वागनर रहेका थिए । उनी भक्तपुरमा विशेष धिमे बाजा बजाउनेलगायतका सांगितिक क्षेत्रमा चिरपरिचित विदेशी व्यक्ति हुन् । उनले एक घण्टा भन्दा वढी प्रबचन दिएका थिए । 
कार्यक्रममा विशेष अतिथि प्राडा वागनरले अहिलेका वालवालिकाहरुलाई दैनिक गृहकार्य गराए जस्तै दैनिक रुपमै यहाँंका बाजागाजा, कला संस्कृति, संगीतको महत्व दर्शाई त्यसबारेमा जानकारी दिन आवश्यक रहेको खाँंचो औंल्याए । उनले भोलिका कर्णधार आजका वालवालिकाहरुलाई यहाँंका मठमन्दिर, पाटीपौवा, देवस्थल आदि इत्यादि भ्रमण गराइ त्यसको महत्व बुझाउनुपर्नेमा विशेष जोड दिए । प्रवचनको क्रममा उनले यहाँं बाजा, संस्कृति जोगाउन विभिन्न उपाहरु सुझाएका थिए । 
कार्यक्रमको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद् प्रेम सुवाल रहेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

जव विदेशीले भक्तपुरको परमपरागत संगीत संरक्षण तथा प्रबद्र्धन विषयमा प्रवचन दिए ......

Comments