मिस नेपाल २०२४ का लागि इच्छुक युवतीले जेठ १ गतेसम्म आवेदन दिनसक्ने


बैशाख ६, २०८१, बिहीबार | दिउँसो ०३:१३ बजे | 140


मिस नेपाल २०२४ का लागि इच्छुक युवतीले जेठ १ गतेसम्म आवेदन दिनसक्ने

काठमाडौं । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन बुधबार पोखरामा सम्पन्न भएको छ । अडिसनमा ६ जना युवतीले भाग लिएका थिए । संस्थाका निर्देशक दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार, मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ अडिसनमा जजको रुपमा रहेका थिए । अडिसनमा छनोट हुनेले मे १८ शनिबार काठमाडौंमा हुने अन्तिम अडिसनमा भाग लिने जनाइएको छ ।
बाँकी क्षेत्रीय अडिसनको आयोजना २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवामा हुँदैछ । गत साता चितवनको भरतपुरबाट क्षेत्रीय अडिसन सुरु भएको थियो ।
अहिले आवेदन चलिरहेको छ । १४ मे (जेठ १ गतेसम्म) इच्छुक युवतीले आवेदन दिनसक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदैछ ।

Comments