पिलो


कार्तिक १५, २०७७, शनिबार | विहान १०:५९ बजे | 55


रामकृष्ण प्रजापति

पिलो जहाँ गए नि
जोसंग बसेनि
असिम दर्द दिने
पिलो भित्रको भाइरसले
भित्रभित्रै पिप बनाएर
ओखतीमुलो नगरे
क्यान्सर बनाउने पिलो
आज हाम्रो पिलो चोइटिएर गएको छ ।

पिलो परजीवीबाट जीवीत रहने
परजीवीले भित्रभित्रै खोक्रो पर्ने
त्यसैले पिलो परजीवीको भुङ्ग्रो
सबैलाई असह्य पिडा दिने
जहाँ गए नि दुःखै दिने ।

तर, आश्चर्य !
मानव माथि विजय हासिल गरेको ठानी
मानव जीवनमा स्वर्ग देख्ने
पैसाले पुरिएको मानव झैं
कामै नलाग्ने पिलो
लामखुट्टेले रगत चुसे जस्तै
पिलोले मानवको मासु खाइरहेको छ
सायद,
पिलोसंग सामान्य सोच नै छैन् ।

मेरो छातीमा निस्केको पिलो
त्यसभित्रको पिप
पिपको कालो दाग
कालो मन जस्तै ।

जीउमा आएको पिलो
वर्वादी पर्खेर बसेका
मनमा पिडा दिएर
पिचको ग्रावेल झैं
जीउमा पिपको पाप्रा पाप्रा ।

पिलोलाई थाहा छैन
चोक्टा खान गएको बुढी झोलमा दुबि
लेण्डुब दोर्जेको कुकुर सरहको मृत्युवरण
त्यसैले पिलोले इतिहास भुलेछ ।

दुःख दिने पिलो क्षणिक कसैले स्वीकार्दैमा
राँगोलाई मालिकले घाँस खुवाउँदैमा
उसको फाइदाको निम्ति मोटाउन दिएर
आखिर वलीको बोको बनाउने हो ।

पिलोको फूर्ति
विद्यार्थीकालदेखि राजनीतिकमा प्रवेश
तर,
विगत भूमिगत पञ्चायतदेखि
काम गर्ने कार्यकर्ताहरुको योगदान अगाडि
त्यो पिलो बक्रमफुसे बाहेक केही होइन ।

विविध आन्दोलन आदिमा भोगेका दुःख
देशका सयौं मजदुर किसानले
जीवन आहुति दिए गुमनाम सरी
मैन आफू सिधिएर
सलेदोबाट ज्याति छरिरहे ।

इतिहास साक्षी छ,
अहिलेसम्मको इतिहास बर्ग संघर्षको हो ।
जसरी नदिमा पानी सलबलाई
आफुलाई निर्मल बनाउँछ
जसरी मानिसले
आफु बाँच्न श्वास प्रश्वास प्रकृया
निरन्तर चलिरहन्छ
त्यसरी नै हाम्रो शरीरमा पिलो आउँछ
र चोइटिएर गइरहेको हुन्छ ।

जाबो नाथे दुख दिने पिलो
आज चोइटिएकोमा
दुख मनाउ आवश्यक छैन
पिलो कहि पोइलो गए नि
कसैले अँगाल्ने छैन्
क्षेणिक नयाँ दुलहीलाई
सजाउने कार्य बाहेक
केही हुने वाला छैन
किनकी पिलोको काम नै
दुःख दिने हो ।
धन्यवाद !


Comments