जव मेयर आफैं सडकमा नाराजुलश गर्न पुगे......


बैशाख ५, २०८१, बुधबार | दिउँसो ०१:३६ बजे | 60


जव मेयर आफैं सडकमा नाराजुलश गर्न पुगे......

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्री बुधबार सल्लाघारी दुवाकोट सडक पुगेर नाराजुलुशमा उत्रेका छन् । सल्लाघारी दुवाकोटको सडक जतिसक्दो छिटो कालोपत्रे सम्पन्न गर्नमागसहित उनी सडकमै जनतासँंग नाराजुलुशमा पुगेका हुन् । सम्वन्धित निकायको ध्यानाकर्षण गराउँंदा पनि सफल नभएपछि दवावस्वरुप जनतामा पुगेको बताइएको छ । सल्लाघारी दुवाकोट सडक झण्डै दुई हप्तादेखि कालोपत्रे गर्ने कार्य निरन्तर जारी छ । 
जुलुशमा वागमति प्रदेशमा त्यस क्षेत्रबाट निर्वाचित प्रदेश नं ३ का सांसद् सुरेश श्रेष्ठ, नेपाल कांग्रेस चाँंगुनारायणका नगर अध्यक्ष शिवहरि केसी, चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटका वडा अध्यक्ष सिजन काकी, वडा नं २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानलगायतका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु थिए । तस्वीर ः विकास प्रहरबाट

फाेटाेमा हेर्नुहाेस्...

जव मेयर आफैं सडकमा नाराजुलश गर्न पुगे......

Comments