१० रुपैयाँंमा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ


बैशाख ५, २०८१, बुधबार | विहान १०:४२ बजे | 70


१० रुपैयाँंमा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ

ललितपुर । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोडैको १९ औं वार्षिकोत्सव प्रमुख अतिथि खानेपानी मन्त्री राजेन्द्रकुमार राईले पानसमा दीप प्रज्ज्वलन गरी एक समारोहबीच आज समुद्घाटन गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहु“दै मन्त्री राईले खानेपानी सम्बन्धी समस्या समाधानको लागि काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड र खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोगले संयुक्त पहल गर्नुपर्ने बताउनुभयो । उहा“ले आगामी दिनमा काठमाण्डौ उपत्यकाको खानेपानी समस्या निराकरणको लागि बोर्डको १८ वर्षको कार्यानुभवले सार्थकता पाउनेमा आशा व्यक्त गर्नुभयो । उहा“ले काठमाण्डौ उपत्यकाका जनतलाई सहज रुपमा स्वच्छ खानेपानीको पहु“च पु¥याउन प्रशासनिक कार्यलाई छरितो बनाउनु पर्नेतर्पm ध्यानाकर्षण गर्नुभयो । 
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लिच्छविकालीन र मल्लकालीन समयदेखिनै उपत्यका बासिन्दाहरुलाई पानीको व्यवस्थापन गर्न ठाउ“ ठाउ“मा इनार, ढुड्डेधारा, पोखरीहरु बनाइएकोमा कतिपय हराइसकेको हु“दा ती श्रोतहरुको संरक्षण तर्पm सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
खानेपानी जस्तो जनताको प्रत्यक्ष जीवनस“ग जोडिएको वस्तु निजीकरण गर्न नहुने बिचार व्यक्त गर्नुहुदै काठमाण्डौ उपत्यकामा खानेपानी वितरणको जिम्मेवारी केयुकेयललाई दिएदेखिनै खानेपानीको समस्या भएको, ट्यांकर व्यवसायीहरुद्वारा कृत्रिम अभाव सिर्जना गर्ने गरेको तथा मेलम्चीको पानी उपत्यकामा पु¥याउन ढिलाई गर्ने गरेका जस्ता जनगुनासोहरु रहेको स्पष्ट पार्नुभयो । 
विश्व बैंक र एशियाली विकास बैंकजस्ता विदेशी बैंकहरुले उपत्यकाबासीहरुलाई पानी वितरणको लागि भन्दा नाफाको उद्देश्यले पानीमा लगानी गर्ने भएकोले नेपाल सरकार स्वयंले स–साना लगानी गरी पानीको व्यवस्थापन गर्न सकेमा प्रभावकारी हुने विचार व्यक्त गर्नुहु“दै सरकारले काठमाण्डौ उपत्यकाको तीब्र जनसंख्या वृद्धि र खानेपानीको अभावलाई रोक्न ७ वटै प्रदेशमा स–साना व्यवस्थित वस्तीहरुको विकास गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो । 
सभापति प्रजापतिले भक्तपुरमा मेलम्चीको पानी पुरानै पाइपबाट वितरण गरिएकोमा ठाउ“ ठाउ“मा पाइपहरु फुटेर चुहावत भएको र ढलको पानी मिसिएर खानेपानीको गुणस्तर कम भएको हु“दा गुणस्तर परीक्षणको व्यवस्था गर्नुपर्ने, उपत्यकाका ठाउ“ ठाउ“मा पानीको चुहावट भइरहेकोलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने तथा स्थानीय स्रोतहरुको संरक्षण गरी स्थानीय तहस“ग समन्वय गरी खानेपानीको उचित वितरण गर्नुपर्ने र उपत्यकामा निजी तवरबाट भइरहेको अनियन्त्रित बोरिड्ड कार्यलाई नियमन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाण्डौ उपत्यकाभित्र दीगो खानेपानी व्यवस्थापन, आपूर्ति, स्रोत संरक्षण र उपयोग, खानेपानीको गुणस्तर व्यवस्थापन, ट्यांकर व्यवस्थापन, भूमिगत पानीको व्यवस्थापनको लागि नीति र निर्देशिका बनाई व्यवस्थापन गर्ने जिम्मेवारी काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापनको बोर्ड, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको न्यायोचित वितरण र खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोगले खानेपानी महशुल निर्धाण सम्बन्धी कार्य गर्दै आएको जानकारी दिनुहु“दै यसलाई अझ प्रभावकारी बनाउन ३ वटै निकाय पुनर्संरचना बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो । 
त्यसैगरी खानेपानी तथा सरसफाई सेवा महशुल निर्धाराण आयोगका अध्यक्ष रुद्र गौतमले काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको सहयोगमा केयूकेएलले जीवन्तता पाएको जानकारी दिनुहु“दै आगामी दिनमा चुनौतीहरुलाई सामना गर्दै केयुकेयलको विकल्प केयूकेलनै हो भन्ने विश्वास जित्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । 
कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख राजेन्द्र सापकोटाले  मेलम्ची खानेपानी वितरणको सफलता स“गस“गै अहिले ठाउ“ ठाउ“मा ढल खन्ने, भूमिगत तार व्यवस्थापनका कारण खानेपानी वितरण लाईनमा समस्या आइरहेको र मेलम्ची खानेपानीको विकल्पको रुपमा थप स्रोत ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलले शुभकामना मन्तव्य राख्नुहु“दै काठमाण्डौ उपत्यकाको खानेपानी व्यवस्थापन र चुहावट नियन्त्रणको लागि भइरहेको प्रयास बारे जानकारी दिनुुभएको थियो भने काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले केयूकेएलस“गको समन्वयमा समानुपातिक रुपमा पानी वितरण गर्न बोर्डले गरिरहेको प्रयास बारे जानकारी दिनुहुदै आगमी दिनमा भूमिगत पानीको संरक्षण तथा वाटर एटिएमको संख्या थप गर्दै लगिने योजना रहेको जानकारी दिनुभयो । 
कार्यक्रममा सम्पादन टोलीका अनोज खनालले विमोचन भएको किताबको संक्षेपमा प्रस्तुतीकरण गर्नुभयो भने काठमाण्डौ उपत्यकामा फोहोर पानी तथा खानेपानी व्यवस्थापन” विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी दिनेश गुरागाईले आप्mनो वक्तृत्व प्रस्तुत गर्नुभयो । 
कार्यक्रममा प्रमुख अतिथि राई, विशेष अतिथि आचार्य र सभापति प्रजापतिले बोर्डको वार्षिक प्रगति प्रतिवेदन, पुस्तकहरु संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । मन्त्री राईले आजैबाट बानेश्वरस्थित वाटर एटीएमबाट रु १०।– मा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ क्युआर मार्पmत गर्नुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

१० रुपैयाँंमा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ
१० रुपैयाँंमा २० लिटरको जार भर्ने कार्यको शुभारम्भ

Comments