म्हेन्दोला फोले फाउण्डेसनको वेबसाइट सुरु
बैशाख ५, २०८१, बुधबार | विहान ०५:०३ बजे | 60
संगम लामा
काठमाडौं । म्हेन्दोला फोले फाउण्डेसनको औपचारिक रुपमा मंगलबार राजधानीमा उदघाटन गरिएको छ । सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना भएको फाउण्डेसन र फाउण्डेसनको आधिकारिक वेबसाइट ‘म्हेन्दोलाफोले डट ओआरजी’ एक कार्यक्रमबीच वाग्मती प्रदेशका सांसद एवं पूर्वमन्त्री तीर्थबहादुर लामाले उद्घाटन गरेका हुन् । समारोहमा फाउण्डेसनको आधिकारिक ‘म्हेन्दोला फोले’ (फूलको थुँगा) नामक टेलिभिजन कार्यक्रमलाई फाउण्डेसनमा रुपान्तरण गरिएको फाउण्डेसनका अध्यक्ष सुनिल लामाले जानकारी दिए ।
एनटिभी प्लसमा २०६२ सालदेखि सञ्चालनमा आएको कार्यक्रम हाल बन्द रहे पनि पोडकास्टको रुपमा निरन्तरता दिइएको उनले बताए । फाउण्डेसनले समाजमा शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ । विश्वभरबाट सहयोग जुटाएर आवश्यक क्षेत्रमा काम गर्ने अध्यक्ष लामाले बताए ।
कार्यक्रममा पूर्वमन्त्री एवं वाग्मती प्रदेशका सांसद लामाले सामाजिक उद्देश्यले राम्रो काम सुरु गरेको भन्दै यसमा आफ्नो साथ रहने प्रतिबद्धता जनाए । उनले सबैलाई एक ठाउँमा ल्याएर सामाजिक हितमा काम गर्ने प्रयास सरहानीय भएको बताए । फाउण्डेसनको वेबसाइटमार्फत विश्वभरबाट सहयोग जुटाउन र फाउण्डेसनमा जोडिन सक्ने व्यवस्था गरिएको जानकारी दिइएको छ । साथै, वेबसाइटमा तामाङ समुदायका अग्रज, राजनीतिकर्मी, समाजसेवी, लेखक, सञ्चारकर्मी, कलाकारलगायतको प्रोफाइलसमेत समेटिएको फाउण्डेसनका अध्यक्ष लामाले जानकारी दिए ।
फाेटाेमा हेर्नुहाेस्...