मृतकालाई सहिद घोषणा नगरे कडा अन्दोलन गर्ने चेतावनी


बैशाख ४, २०८१, मङ्गलबार | विहान ०९:४९ बजे | 85


मृतकालाई सहिद घोषणा नगरे कडा अन्दोलन गर्ने चेतावनी

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले अन्दोलनको क्रममा मृतक ठाकूर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने चेतावनी दिएका छन् । 
रफत सञ्चार क्लबमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए । 
सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा जसरी दमन गरे त्यो नेपालकै इतिहासमा अक्ष्मय रहेको बताउँदै शाहले भने अन्दोलनमा गरिएको दमन निन्दनीय रहेको बताए ।
राप्रपाको बैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने शाहले स्पष्ट पारे । 
गणतन्त्र असफल भईसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए । 

फाेटाेमा हेर्नुहाेस्...

मृतकालाई सहिद घोषणा नगरे कडा अन्दोलन गर्ने चेतावनी

Comments