तल्लो वर्ग एकजुट भए मात्र कसैले दबाउन, हेप्न नसक्ने
बैशाख ३, २०८१, सोमबार | विहान ०८:५९ बजे | 40
भक्तपुर, ३ बैशाख । भक्तपर जिल्ला बक्सिङ संघको बिस्का जात्रा र नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान र नियमित बैठक एक समारोहबीच बज्र रेष्टुराँ बालाखुमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले नयाँ बर्षमा गएको बर्षको कमी कमाजोरीहरु सुधारेर प्रगति, सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै वर्गमा विभाजित समाज भएकोले हुनेखानेले हुँदा खानेलाई दबाउने गरेकोको हामी जस्ता काम गरी खाने तल्लो वर्ग एकजुट भए मात्र हामीलाई कसैले दबाउन, हेप्न नसक्ने बताउनुभयो । उहाँले एकता नै बल भएकोले हरेक कार्य सफल बनाउन समूह आवश्यक भएको बताउँदै सबैको विश्वास हुने गरी आर्थिक पारदर्शी हुनु पर्ने बताउनुभयो । उहाँले बहुमतको निर्णय र अल्पमतलाई कदर गर्ने संस्कार हुनुपर्ने बताउँदै विश्वासिलो साथीहरु थप गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले खानपानसंगै स्वास्थ्यको ख्याल गरी तीन महिनामा एक पटक स्वास्थ्य परिक्षण गरिरहन अनुरोध गर्दे आफ्नै सालो अनाहकमा गुमाउनु पर्दाको दुख सुनाउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभपातित्वमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समस्त साथीहरुको व्यवसाय, काम सफलताको शुभकामना व्यक्त गर्दे अन्तर प्रदेश खेलकुद प्रतियोगिता बारे जानकारी दिँदै खेलाडीहरु अनुशासित बन्नुपर्नेमा प्रशिक्षकको अहम भूमिका हुने बताउनुभयो । उहाँले रेफ्रि÷जर्जहरुलाई नातावाद, कृपावाद र लोभलालच र दबाबमा निर्णय नगरिकन भोलि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम उच्च राख्न सक्ने गरी प्रर्दशन गर्ने खेलाडीलाई निष्पक्ष तरिकाले निर्णायकले भूमिका खेल्न निर्देशन दिएको स्मरण सुनाउँदै खेलाडीहरु संघप्रति उत्तरदायी नहुँदा अन्यत्रबाट प्रतियोगितामा सहभागी हुने गर्दा समस्या देखिएको बताउनुभयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्नेहरुमा साजन लघु, केदार तुईतुई, राजन कुम्पाख, सुरोज ग्वाछा, लक्ष्मी प्रसाद चवाल, लक्ष्मण ग्वाछा, केशब कवाँ, जीवन कवाँ, आशराम सुवाल, कृष्ण तमखु, मन्जित प्रजापति, गणेश साँगामी, तुल्सीराम देशेमरु, दयाराम बेकोजु, राजु दुवालले नयाँ बर्ष र बिस्का जात्राको शुभकामना व्यक्त गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...