जव डाक्टरले ठीक छ ठीक छ भने ......
बैशाख २, २०८१, आइतबार | विहान ०७:०० बजे | 45
भक्तपुर अस्पताल पछिल्लो समय देशकै सर्वाेत्कृष्ट सेवा दिइरहेको अस्पताल भनेर चर्चामा आएको देखेको छु । तर म आफैंले सेवा लिन जाँंदा भने त्यस्तो देखिएन । अस्पतालमा अझै सुधार गर्नुपर्ने धेरै कुराहरु देखें । अस्पतालमा विरामीको उतिकै वढी चाप छ । त्यो अनुसार दरवन्दी पनि पुगेको देखिएन ।
एकदिन वुहारीलाई लिएर अस्पतालमा सेवा लिन गएका थियौं । विरामीका भीड थियो । सवैजनाा विहान नौ बजेदेखि नै डाक्टर भेटने आशामा लाइनमा थिए । लाइन वस्दावस्दा झण्डै साँंझ नै हुन लागिसक्यो । त्यसपछि निश्चित समय अर्थात् डाक्टरको डुयुटी आवर सकिन लागेको तर धेरै विरामी भएकाले एकैचोटी धेरै विरामीलाई बोलाइयो । त्यसो हुँदा डाक्टरले प्रत्येक विरामीलाई एक मिनेट पनि समय दिन पाएन । डाक्टर विरामी हेर्दै ठिक छ ठिक छ..... जानुस् जानुस भन्दै हुनुहन्थ्यो हेर्दै नहेरी । डाक्टरलाई एक मिनेट भेट्न दिनभरि जसो समय विताएका हामी भने वाक्कदिक्क भएर फर्कियौं । अवका दिनमा यस्तो नहोस् ।
एक भुक्तभोगी पीडित
गुण्डु, भक्तपुर