नयाँ २०८१ सालकाे तथा बिस्का जात्राकाे अवसरमा शुभकामना आदानप्रदान


चैत ३०, २०८०, शुक्रबार | विहान ०२:१७ बजे | 55


नयाँ २०८१ सालकाे तथा बिस्का जात्राकाे अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर। भक्तपुर नगरपालिका १० वडा छिकाेङ्ग व्यायाम समूहकाे आयाेजनामा नयाँ २०८१ सालकाे तथा बिस्का जात्राकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयाे ।  कार्यक्रममा प्रमुख अतिथि नेमकिपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सृजना सैजुले विगत पाँच महिना देखि संचालित छिकाेङ्ग व्यायाममा कडा परिश्रम गर्न नपर्दा ४० बर्ष माथि उमेर समुह लाभान्वित हुने र मानसिक राेग लगायत विभिन्न राेगबाट ठाढा रहने अचुक उपाय भएकोले यो व्यायाम बिहान र बेलुका निरन्तर रुपमा संचालन गर्न जरुरी रहेकाे बताउँदै  पुरुषकाे तुलनामा महिलाहरुमा ४२ वटा बढि राेग लाग्ने तथ्य तथाङ्गक रहेकाेले महिला दिदी बहिनीहरु व्यायाम सक्रिय हुन जोड दिनुभयो । भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा भक्तपुर नगरपालिका युवा तथा खेलकुद  समितिका संयाेजक एवं कार्यक्रमका विशेष अतिथि श्यामकृष्ण खत्रीले खानपानमा विशेष ध्यान दिनुपर्ने  धारणा राख्दै भक्तपुर नगरपालिका  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको सय वर्ष पछिकाे भक्तपुर  नामक पुस्तकमा गरिएकाे परिकल्पना अनुरुप अघि बढिरहेकोले भक्तपुर माेडल को रुपमा देशभरि चर्चा भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिका वडा नं.१० का अध्यक्ष लक्ष्मीप्रसाद ह्याैमिखाको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधिद्वय कृष्णनारायण दुमरु , जितेन्द्र मुनकर्मी, समाजसेवी लक्ष्मीप्रसाद चवाल तथा छिकाेङ्ग प्रशिक्षक कमल काेजुले लगायतले बोल्नुभयो ।

Comments