विस्काः जात्रा फोटो प्रदर्शनीमा भाग लिन दुई भक्तपुरे युके प्रस्थान

चैत २९, २०८०, बिहीबार | दिउँसो १२:१३ बजे | 60

विस्काः जात्रा फोटो प्रदर्शनीमा भाग लिन दुई भक्तपुरे युके प्रस्थान

भक्तपुर । किपाःग्राफी भक्तपुरका सल्लाहकार अच्युत प्रजापति र पूर्व अध्यक्ष पदमसुन्दर शाक्य पासा पुच गुठी लण्डनको आयोजनामा आउँदो शनिबार २०८१ बैसाख १ गतेका दिन आयोजना हुने लण्डन विस्काः जात्रा तथा फोटो प्रदर्शनीमा आयोजक पासा पुच गुठी लण्डनको निमन्त्रणामा सहभागी हुन विहीबार नेपालबाट युके प्रस्थान गरेका छन् । किपाःग्राफी भक्तपुरका सल्लाहकार प्रजापति र पूर्व अध्यक्ष शाक्य बिशेष अतिथिको रुपमा प्रदर्शनीमा सहभागी हुन लागेका हुन । प्रदर्शनीमा गुठी र किपाःग्राफी का फोटोग्राफरहरुले खिच्नु भएको कुल ७० ओटा फोटो प्रदर्शन गरिने जनाइएको छ । आयोजकले प्रदर्शनीमा प्रदर्शन गरिने फोटोमार्फत अवलोकनकर्ताहरुमा हाल लण्डनमा आफूहरुले अंगालिरहेको संस्कृति र भक्तपुरको संस्कृति र संम्पदाबीचको भिन्नता आवास गराउने बिश्वास व्यक्त गरेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

विस्काः जात्रा फोटो प्रदर्शनीमा भाग लिन दुई भक्तपुरे युके प्रस्थान
विस्काः जात्रा फोटो प्रदर्शनीमा भाग लिन दुई भक्तपुरे युके प्रस्थान
विस्काः जात्रा फोटो प्रदर्शनीमा भाग लिन दुई भक्तपुरे युके प्रस्थान

Comments