ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना


चैत २८, २०८०, बुधबार | साँझ ०४:०३ बजे | 35


ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना

भक्तपुर । ख्वप कलेजमा बिस्का जात्रा र नयाँ बर्षको अवसरमा ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । ख्वप साहित्यिक समितिले विभिन्न अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गदै आएको बारे संयोजक सुनिता गाइसीले बताउनु भयो । साहित्य मानव जीवनको अभिन्न अंग हो । यसै मार्फत समाज बुझन र जीवन ज्युने कला पनि सिक्न सकिनेबारे गाइसीले जोड दिनु भयो । यसै अवसरमा दृष्टि विशेषज्ञ डिजेन सुजखले बिस्का जात्राको शुभकामना दिदै आखाँ सम्बन्धी रोगहरु र अल्छी आखाँबारे विशेष जानकारी दिनुभयो । कार्यक्रममा अनुप खत्री, प्रिया बस्नेत, इच्छा गुर्भाचार्य, सुयाम्बो साम्सोहाङ लिम्बुले गीत गाउनु भएको थियो । ख्वप कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठ, , ख्वप माविका प्राचार्य लक्ष्मी प्रसाद कर्माचार्य ,ख्वप कलेजका उपप्राचार्य डा. राजेश कुमार श्रेष्ठले शुभकामना सहित विद्यार्थीलाई मार्गनिर्देशन पनि गर्नु भयो । सुनिता गाइसी र लक्ष्मी थापाले कविता वाचन गर्नुभयो भने प्रा.डा पुरुषोतमलोचन श्रेष्ठ र वि ए तथा एम ए अंग्रेजीका इन्र्चाज कमिनिका न्याईच्याई  हार्मेनिका र मादलको मिठो धुन सुनाउनु भयो । कार्यक्रममा जितेन्द्र मण्डल, रितु बाटी ,राज प्रजापति र सोनिया कार्कीले पनि बोल्नु भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना
ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना
ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना
ख्वप साहित्यक समितिको आयोजनामा शुभकामना

Comments