यसरी शान्तिपूर्ण हुन पायो यो वर्षको विस्का


चैत २८, २०८०, बुधबार | विहान ०८:४८ बजे | 45


यसरी शान्तिपूर्ण हुन पायो यो वर्षको विस्का

भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको पहिलो दिन मंगलबार शान्तिपूर्ण रुपमा सकिएको छ । अत्याधिक भीडभाडका कारण झैझगडा हुने भनेर कुख्यात यो जात्राको क्रममा पहिलो दिन शौहार्दपूर्ण रुपमा सकिएको हो ।  
प्रत्येक वर्ष जात्रालाई नजिकबाट हेर्दै आएका एकजना बृद्ध सानुभाइ छ्वाजुका अनुसार २०४६ सालमा विस्का जात्रामा झैझगडा भएको थिएन । त्यस्तै २०५७ सालमा नेपालमा सार्क सम्मेलन हुँदा पनि झैझगडा वा ढुंगामुढा पट्कै केही भएको थिएन । त्यसपछि यो वर्ष अर्थात मंगलबार जात्रा शान्तिपूर्वक रुपमा भएको हो । 
प्रहरीका अनुसार मंगलबार राति करिब १० बजे भैरबनाथको रथ दत्तात्रयसम्म पुगेको थियो । तर पनि रातभरि जात्रालुले रथ तानिरहेको थियो । विहानको ३ बजे रथलाई भक्तपुरको सुकुलढोकामा पुयाएको थियो ।  बुधबार विहान साढे सात बजे सुकुलढोकाबाट ताने ८ बजेतिर गः हिटिमा पुयाएको रातभरि तैनाथ सुरक्षाकर्मीहरुले बताए । 
रथ अहिले गःहिटीमा छ । तर निश्चित गन्तव्यमा भने पुगेको छैन । भैरवनाथको रथ विचको काठ भाच्एिको छ । त्यही कारण रथलाई तानेर लान नसकिने अवस्थामा छ । काठैकाठबाट बनेको यो रथलाई गःहिटीको पूर्व कुन्नामा राखेर पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ । तर रथ गःहिटीको मुख्य बजारमै छ । यसले आवातजावतमै समस्या भइरहेको छ । गुठी संस्थान भक्तपुरले यसलाई बनाउने कार्यको तयारी गरिरहेको जनाएको छ । बनेपछि रथलाई तानेर गःहिटीको पूर्व कुन्नामा राखिने छ । 

Comments