यता छ भैलख ः पहिलो दिन शान्तिपूर्ण


चैत २८, २०८०, बुधबार | विहान ०२:५६ बजे | 70


यता छ भैलख ः पहिलो दिन शान्तिपूर्ण

भक्तपुर । भक्तपुरको विस्का जात्राको भैरबनाथको रथ बुधबार विहान गन्तव्यस्थल गःहिटी पुरयाइएको छ । रातभरि विभिन्न ठाउँंहरुमा पुरयाएर रथलाई विहान गः हिटी पुरयाइएको हो । रथलाई मंगलबार राति दतात्रयसम्म पुरयाइएको थियो । 
जात्राको क्रममा ढुंगामुढालगायतका झैझगडा यो वर्ष हुन पाएन । रातभरि रथ तानिए पनि शान्तिपूर्ण रुपमै जात्रा भएको हो । नगर प्रहरीका कारण झैझगडा हुन नपाएको बताइएको छ । नगर प्रहरीले जात्रामा मादकपदार्थ सेवन गरेर आएकालाई बाहिर राखेपछि जात्रा शौहार्दपूर्ण रहेको बताइएको छ । साथै नगर प्रहरीले जात्रामा ठूल्ठूला टर्च लाइट बालेर निगरानीलाई कडा पारेको थियो । जात्रा शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी परिसर भक्तपुरले पनि विशेष निगरानी राख्दै आएको थियो । 

Comments