ख्वपमा शिक्षा शिविर तथा नव बर्षको शुभकामना आदानप्रदान


चैत २७, २०८०, मङ्गलबार | दिउँसो ०३:३४ बजे | 50


ख्वपमा शिक्षा शिविर तथा नव बर्षको शुभकामना आदानप्रदान

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा ब्यासीमा   संस्थापक, सल्लाहकार,सञ्चालक ,समिति उपसमिति सदस्यहरु बीच सहकारी शिक्षा शिविर, तथा नव बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव तथा माननिय सांसद प्रेम सुवालले  ख्वप साकोसले शेयर सदस्यको हित मात्र भन्दा पनि समाजको हितलाई संस्थाले लगानीलाई भन्दा सेवालाई जोड दिनुपर्छ भन्नुभयो । उहाले वाइड बदी मा भ्रष्टाचार गर्नेलाई मुदा हालेको वायुसेवा निगममा संचय कोष र नागरिक लगानी कोषको  रकम लगानी भएकोले वायुसेवा निगम डुबे कर्मचारीको रकम डुब्छ भन्दै  शेयर सदस्यहरुलाई नव बर्ष २०८१ को शुभकामना दिनु भयो । 
 संस्थाका अध्यक्ष राजकुमार लघुले संस्थाका गतिविधिबारे जानकारी गराउदै सास्कृतिक विकासका लागि बैशाख ८ गते देखि ४ महिने बॉ‘‘सुरी बाजा  प्रशिक्षण शुरु गर्ने जानकारी गराउनु भयो
संस्थाका सल्लाहकार कुमार लघुले नियमित बचत गराउन सके संस्थाको चाडै प्रगति हुने र संस्थामा राजनैतिक र सामाजिक ब्यक्तित्व  भए संस्थाका सदस्य बृद्धि गर्न सजिलो हुन्छ भन्नुभयो
कार्यक्रममा जिल्ला बचत संघका  बालकृष्ण ध्वंजुले सहकारीको मूल्य मान्यता बचत तथा ऋणबारे प्रशिक्षण दिनुभएको थियो । ख्वप साकोस शिक्षा उपसमितिका संयोजक राजाराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा  सञ्चालक सचिव लक्ष्मीनारायण सुवाल  शिक्षा उपसमिति सदस्यहरु मुना बासुकला र कृष्णगोपाल आचार्यले शिक्षा शिविरको महत्वमाथि प्रकाश पादै नव बर्ष २०८१ को शुभकामना  दिनु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वपमा शिक्षा शिविर तथा नव बर्षको शुभकामना आदानप्रदान
ख्वपमा शिक्षा शिविर तथा नव बर्षको शुभकामना आदानप्रदान
ख्वपमा शिक्षा शिविर तथा नव बर्षको शुभकामना आदानप्रदान

Comments