विस्केटको रथ तान्न सुरु


चैत २७, २०८०, मङ्गलबार | विहान ०९:५८ बजे | 55


विस्केटको रथ तान्न सुरु

भक्तपुर । विस्का जात्राको रथ तान्न सुरु भएको छ । निर्र्धारित समयमै रथ तान्न थालिएको हो । दिउँंसो तीन बजेबाट रथ तान्ने सुरु गर्ने योजना थियो । साढे तीन बजेको समयमा रथलाई नगरको माथिल्लो अर्थात् थनेतिर लाने क्रममा रहेको छ । यो समाचार तयार पार्दा रथ झण्डै क्वाछें नजिक पुगेको छ ।  
रथलाई पाँंच बजे विर्सजन गर्ने योजना छ । तःमारीमा राखेर बनाइएको रथलाई जात्राको पहिलो दिन नगरको तल अर्थात् क्वनेतर्फ लाने चलन छ, यसलाई स्थानीय नेपाल भाषामा द्य क्व विज्याइगू भनिन्छ । 

Comments