प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिता उदघाटन
चैत २७, २०८०, मङ्गलबार | विहान ०२:२४ बजे | 35
चितवन । प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिता नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवालेले टेक्नीकल संयोजक सविन भट्टाचार्यलाई ग्लोब हस्तान्तरण गरी उद्घाटन चितवन उद्योग संघको हलमा एक समारोहबिच गर्नुभयो । प्रमुख अतिथि अवालेले प्रतियोगिताले बक्सिङ्ग खेललाई फड्को मार्ने बताउँदै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई टेवा पुग्ने बताउनुभयो ।
बक्सिङ्ग प्रतियोगिता प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका सदस्य एबम् बागमती प्रदेश बक्सिङ्ग संघका अध्यक्ष धन कुमार मैनालीको संयोजकत्वमा भएको थियो ।
आज भएको पुरुषको ४८ केजि तौल समुहमा लुम्बिनी प्रदेशका विवेश बुढामगरले मद्येशका रोहित माझिलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै ५१ केजिमा कर्णालीका लक्ष्मण राईले गण्डकीका रोकी गरुङ्गलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै ५७ केजिमा लुम्बिनीका मनसुब बस्नेतलाई कर्णालीका प्रवल उप्रेतीले युनिनमसको आधारमा जित हासिल गर्यो । त्यस्तै ६३ केजिमा कोशीका एक्लिस शाहीले गण्डकीका अनिज गरुङ्गलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै ७१ केजिमा गण्डकीका निशान गुरुङ्गले कर्णालीका दिलराज भण्डारीलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै ७५ केजिमा कर्णालीका संजिप हमाललाई गण्डकीका टार्जन धर्तिमगरले आरएससि आवट क्लासमा जित हासिल गर्यो ।
त्यस्तै ४८ केजिमा कर्णालीका मोहन गुरुङ्गले कोशीका फुङ्गलाङ्ग कम्बाङ्गलाई युनिनमसको आधारमा जित हासिल गर्यो । सुदुर पश्चिमका सन्दिप नाथलाई बागमतीका रबिन थापाले आरएससि आवट क्लासमा जित हासिल गर्यो । त्यस्तै ५१ केजिमा सुदुर पश्चिमका चिरंजीवी खड्कालाई कोशीका युपेन राईले स्पिलिट डिसिजनको आधारमा जित हासिल गर्यो । त्यस्तै मद्येशका सोनाम लामालाई लुम्बिनीका भरत पुनमगरले युनिनमस डिसिजनको आधारमा जित हासिल गर्यो । त्यस्तै ५४ केजिमा गण्डकीका मेहन्द्र गुरुङ्गलार्य कोशीका डम्बर बहादुर श्रेष्ठले युनिनमस डिसिजनको आधारमा जित हासिल गर्यो भने सुदुर पश्चिमका पद्म बहादुर कुवँरलाई कर्णालीका जीवन कुमार पुनले युनिनमस डिसिजनको आधारमा जित हासिल गर्यो । त्यस्तै ५७ केजिमा मद्येशका प्रतिक दानुकेलाई कोशीका बल बहादुर पुनले युनिनमस डिसिजनको आधारमा जित हासिल गर्यो भने सुदुर पश्चिमका जीवन चन्दलाई बागमतीका निरञ्जन मोक्तानले युनिनमस डिसिजनका आधारमा जित हासिल गर्यो । त्यस्तै ६० केजिमा कोशीका सिंघवीर लिम्बुले बागमतीका समर लामालाई युनिनमस डिसिजनको आधारमा पराजित गर्यो । त्यस्तै सुदुर पश्चिमका राम बहादुर थापालाई गण्डकीका निश्चल गुरुङ्गले युनिनमस डिसिजनको आधारमा जित हासिल गर्यो । त्यस्तै ६३ केजिमा कर्णालीका हिक्मत जंग शाहीलाई बागमतीका सोहन राईले आरएससि आवट क्लासमा जित हासिल गर्यो भने सुदुर पश्चिमका महेन्द्र चन्दले मद्येशका विकल्प राईलाई युनिनमस डिसिजनको आधारमा जित हासिल गरेको बागमती प्रदेश बक्सिङ्ग संघका सचिव रामकृष्ण प्रजापतिले बताउनुभयो ।