ख्वपमा लेखाव्यवस्थापन सम्बन्धि प्रशिक्षण
चैत २६, २०८०, सोमबार | विहान ०५:०५ बजे | 95
सुनिता गाइसी
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा एन्टर्पर्नसिप सपोर्ट प्रोग्राम अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ । यसै क्रममा त्रिविका उपप्राध्यापक डा. किशोर हाकुदुवालले लेखापरीक्षण, आर विश्लेषण, नगद प्रवाह विवरणबारेमा प्रशिक्षण गर्नुभयो । मानव इतिहासको सुरुवातको अवस्थादेखि क्रमशः विकास हुदै उद्यमशिलता, लेखाको सुरुवात भएको कुरालाई कथाको रुपमा प्रस्तुत गर्नुभएको थियो । प्राकृतिक स्रोत साधनको प्रयोग देखी,बस्तुको उत्पादन, बस्तुको साटासाट, वितरण, विक्रीबारे प्रशिक्षण गर्नु भयो । मानिसको आवश्यकताले बस्तु तथा सेवाको उत्पादन र वितरण प्रणालीलाई प्रभाव पार्ने गर्दछ । व्यवसाय सुरु गर्दा आवश्यक पुजँीको व्यवस्थापन , लेखा, लेखापरिक्षण, सन्तुलन वासलात बारेमा पनि जानकारी लिनुपर्ने कुराका प्रशिक्षकले जोड दिनुभयो । उद्यमीको लागी आर्थिक पक्ष निकै महत्वपुर्ण पक्ष हो । यसको सहि रुपमा व्यवस्थापन र परिचालन गरेमा मात्र उद्यमीले आफनो व्यापार व्यवसाय बढाउन सक्दछ । कार्यक्रमको अन्त्यमा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले प्रशिक्षक किशोर हाकुदुवाललाई मायाको चिनो प्रदान गर्नुभयो । यसैक्रममा प्राचार्य श्रेष्ठले प्रशिक्षार्थीहरुलाई धैर्यता र मेहनतले मात्र सफल उद्यमी बन्न सकिने हुनाले मेहनत गर्न अभिप्रेरित गदै नव बर्षको शुभकामना दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...