श्री श्याम सुन्दर रास भजन मण्डल भक्तपुरलाई सम्मान


चैत २५, २०८०, आइतबार | विहान ११:३८ बजे | 30


श्री श्याम सुन्दर रास भजन मण्डल भक्तपुरलाई सम्मान

काठमाडौं । केशव–सुष्मा भजन ज्ञान गुठी, नेपाल, २०५६ को २५ औं रजन जयन्तीको सुअवसरमा काठमाडौं प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक भव्य समारोहमा श्री श्याम सुन्दर राज भजन मण्डल, मंगलाछें, भक्तपुरलाई सम्मान गरिएको छ । वि. सं. १९९५ सालमा भक्तपुरको मंगलाछें टोलस्थित भजन घरमा स्थापित श्री श्यामसुन्दर राज भजन मण्डलले हालसम्म  २२० वटा राज भजनहरु, जयदेवबाट रचित गीत–गोविन्द भजन, ब्रम्हानन्द भजन, ज्ञानमाला भजन, ऋतुकालिन मालश्री, धनाश्री, बसन्त, फागु, घातु लगायतका भजनहरु संस्कृत, नेपाली, नेवारी, हिन्दी, र बृज भाषामा रचित करिब ५०० वटा जति भजनहरु, नित्य, पूजा, आरती र प्रसाद वितरणका साथ भजन–कीर्तन गर्ने, प्रत्येक साँझ २–३ घण्टा भजन गर्ने, विभिन्न देव–देवीहरुको सगुण तथा निर्गुण स्तुति गायन, श्रीकृष्ण जन्मलिलादेखि अन्तरध्यान लिलासमेतको भजन गायनलगायत विभिन्न धार्मिक अनुष्ठानहरु गर्दै आएको छ । अन्य भजन समूहले बोलाएको स्थानमा गई अतिथि भजन समूहका रुपमा भजन गर्ने र घुम्ति भजन कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका देव–देवीको मन्दिरमा गई भजन गर्ने, समय–समयमा भजन समूहहरुलाई सहभागी गराई एकदिवसीय भजन सम्मेलन गर्ने, भजन सम्बन्धि पुस्तक प्रकाशन र भजन प्रशिक्षण दिने व्यवस्थासमेतको कार्य गरी भजन क्षेत्रमा सकृय रहँदै आएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि डा. शास्त्रदत्त पन्त तथा आयोजक संस्थाका अध्यक्ष श्री केशवराज राजभण्डारीद्वयले श्री श्यामसुन्दर रास भजनका उपाध्यक्ष डा. इन्दुल केसीलाई खाडा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।  

Comments