भक्तपुरमा थप २९ जना कोरोना संक्रमित
कार्तिक १२, २०७७, बुधबार | दिउँसो ०२:५८ बजे | 5
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४८ जनाको पिसिआर गरिएकोमा १९५४ जना संक्रमित थपिएका हुन ्।
बुधबार थपिएकामध्ये उपत्यकामा मात्रै ८४३ जना संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना जितेर दुई हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ७५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।