मिशन २०८४ सफल पार्न सिङ्गो पार्टी जनतासंग जोडिएर लाग्नुपर्ने


चैत २५, २०८०, आइतबार | विहान ०५:५१ बजे | 50


मिशन २०८४ सफल पार्न सिङ्गो पार्टी जनतासंग जोडिएर लाग्नुपर्ने

भक्तपुर । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक भक्तपुरमा सम्पन्न भएको छ । बैठकमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले मिशन २०८४ सफल पार्न सिङ्गो पार्टी जनतासंग जोडिएर लाग्नुपर्ने र नेपाली जनताले २०७९ को निर्वाचनमा गल्ती गरिएकोले अब गल्ती गर्न नहुने बताउनु भएको थियो । मित्रघातसंग लड्न नसकिने र अन्य शक्तिहरुसंग लड्न सक्ने तागत हुनुपर्ने उहाँंले बताउनुभएको थियो । 
त्यसैगरी महासंघका बाग्माती  प्रदेश इन्चार्ज  तथा  केन्द्रीय  सचिब  हर्कमान तामाङले उत्पादनसंग जोडिन सकियो भने समृद नेपाल  बनाउन सकिने र नेपाल लाई  धार्मिक पर्यटनको गन्तव्य  बनाउनुपर्ने बताउ नु भएको  थियो। नेकपा  एमाले भक्तपुर जिल्लाका अध्यक्ष  वचन देउजाले पार्टीलाई  स्थापित गराउन महासंघको महत्त्वपूर्ण  भुमिका  रहेको बताउनु भएको  थियो । बैठकमा बाग्मती प्रदेश कमिटीका सदस्य  राम बहादुर श्रेष्ठ , महा संघका उपाध्यक्ष बिजय सिंह लोप्चन, सुर्यबिनायक नगर  कमिटीका अध्यक्ष तथा नगरपालिका  प्रबक्त रबिन्द्र साप्कोटा लगायतका बक्तहरुले सम्बोधन  गर्नु भएको थियो।
    बैठकमा निर्णयपारित गर्दै भक्तपुर इन्चार्जमा रोशन श्रेष्ठ  काभ्रे  संगम लामा, काठमाडौं बिक्रम श्रेष्ठ ,सतिस श्रेष्ठ , मकवानपुर रत्न  बहादुर  ब्लोन, चितावान मोहन लामा,सिन्धुलि हरिकृष्ण श्रेष्ठ ,सिन्धुपाल्चोक वीर  बहादुर तामाङ र  रामेछाप जिल्लाको इन्चार्जको जिम्मेवारी  बलराम श्रेष्ठलाई  तोकिएको जनकारि  सचिब  कान्छाराम तामाङले दिनु भयो। त्यसैगरि २२ सदस्यीय  सचिबालय सदस्य  र घटक संगठनका संयोजकहरु पनि  जिम्मेवारी दिएको जनकारि सचिब तामाङले दिनु भएको  छ। 
  बैठकमा १३ जिल्लका प्रतिनिधिहरुले रिपोर्टिङ  गरेको थियो। बैठक  बाग्मती प्रदेशका  अध्यक्ष  बासु श्रेष्ठको सभापतित्वमा  भएको थियो । कार्यक्रममा क्यालेण्डर पनि विमोचन गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

मिशन २०८४ सफल पार्न सिङ्गो पार्टी जनतासंग जोडिएर लाग्नुपर्ने
मिशन २०८४ सफल पार्न सिङ्गो पार्टी जनतासंग जोडिएर लाग्नुपर्ने

Comments