फलामको काम गर्ने उध्योगी र श्रमिकलाई टिटी खोप अनिवार्य लगाऔं ःउपाध्यक्ष कटुवाल


चैत २४, २०८०, शनिबार | विहान ११:२७ बजे | 105


फलामको काम गर्ने उध्योगी र श्रमिकलाई टिटी खोप अनिवार्य लगाऔं ःउपाध्यक्ष कटुवाल

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले आयोजना गरेको ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ गर्दै नेपाल घरेलु तथा !साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील ब्यवसायमा संलग्न उद्योगी र ग्रील श्रमिकको लागि टिटी खोप अति नै आवशयक भएकोमा कपन इकाइ समितिले टिटी खोपको आयोजना गरेको अत्यन्तै सराहनीय कार्य भएको बताउदै खोपको अवसरमा बर्षभरि काममा ब्यस्त हुने ग्रील ब्यवसायी र श्रमिकलाइ लक्षीत गरी बृहत् बनभोज कार्यक्रमले ब्य्वसायी र श्रमिकलाइ बर्षभरि गरेको कठिन परिश्रमबाट थकित शरिरलाई आराम अनि मनोरञ्जन प्रदान गर्ने बताए । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील उद्योहरुलाई सरकारले राहतका कार्यक्रमहरु ल्याएर लाखौलाई रोजगारी दिइरहेको ग्रील ब्यवसाय पूर्ण रुपमा सन्चाल्न गर्न सक्ने बातावरण बनाइ दिन सरकारको ध्यानाकर्षण गराएका थिए । उपाध्यक्ष कटुवालले ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले सदैभ पहल गर्ने बताए । 
कपन इकाइ समितिका अध्यक्ष भेषराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ , काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिब पशुपति श्रेस्ठ, पूर्बी क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतका ग्रील तथा स्टील ब्यवसायमा देखिएका समस्याहरु सबै मिलेर समधान गर्नुपर्छ भन्ने धारणा राखेका थिए । 
काठमाडौ जिल्लाभित्र रहेका ९ वटा इकाइ समितिका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित भएको कार्यक्रममा ग्रील ब्यवसायी र ब्यवसायमा आश्रित परिवारको उपस्थिति रहेको थियो भने ९० जनाले निशुल्क टिटी खोप लगाएका थिए । कार्यक्रमको समापन गर्दै कपन इकाइ अध्यक्ष भेसराज श्रेष्ठले टिटी खोप र बनभोज कार्यक्रमलाइ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ धन्यबाद दिनु हुँदै आगामी दिनहरुमा पनि यस्ता किसिमको अन्य स्वास्थ शिबिर सन्चालन गर्दै जाने बताए ।

फाेटाेमा हेर्नुहाेस्...

फलामको काम गर्ने उध्योगी र श्रमिकलाई टिटी खोप अनिवार्य लगाऔं ःउपाध्यक्ष कटुवाल
फलामको काम गर्ने उध्योगी र श्रमिकलाई टिटी खोप अनिवार्य लगाऔं ःउपाध्यक्ष कटुवाल

Comments