इलाम २ मा नेमकिपाबाट दर्जीको उम्मेदबारी दर्ता
चैत २४, २०८०, शनिबार | विहान ०९:५७ बजे | 65
काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर अहिले उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
अहिलेसम्म जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले मनोनयन दर्ता गराइसकेका छन् । त्यहाँ एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, कांग्रेसबाट डम्बर खड्कासहित अन्य साना दलले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।