अब कोरोनाको दैनिक प्रेस ब्रिफिङ नहुने


कार्तिक १२, २०७७, बुधबार | दिउँसो ०२:२८ बजे | 15


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
भोलि बिहीबारदेखि अब दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड(१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।

Comments