जात्रालाई भौतिक वादी दृष्टिकोणले हेर्नुपर्ने


चैत २४, २०८०, शनिबार | विहान ०५:४० बजे | 65


जात्रालाई भौतिक वादी दृष्टिकोणले हेर्नुपर्ने

भक्तपुर, २३ चैत । नेपाल कर्मचारी समाज भनपा ९ समितिको आयोजनामा नयाँ बर्ष २०८१ तथा बिस्काः जात्राको पावन अवसरमा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा प्रवचन कार्यक्रम एक समारोह बीच कमलबिनायक एक क्याफेमा सम्पन्न भयो । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा ९ का अध्यक्ष रबिन्द्र ज्याख्वले जात्रालाई भौतिक वादी दृष्टिकोणले हेर्नुपर्ने बताउँदै विस्का जात्रा विज्ञान प्रविधिको अद्भूत नमूना भएको बताउँदै भैरब रथ तान्ने त्यतिबेलाको ट्राफिक ईन्जिनियरिङ्ग, भुकम्पिय ईन्जिनियरिङ्ग, स्ट्रक्चरल ईन्जिरिङ्गको समिश्रण भएकोले परापूर्व कालदेखि नै भक्तपुरमा प्रविधिको चेतना र विकास भएको बताउनुभयो । उहाँले विस्का जात्रा लुनार भित्तेपात्रो अनुसार दिन रात बराबर हुने बैज्ञानिक रुपमा मनाउँदै आएकोमा अहिले २३ दिन पछाडि पर्न गएकोले भित्तेपात्रो संशोधन गर्नुपर्ने ज्योतिष विज्ञानले कुरा उठाउँदै गरेको बताउनुभयो । 
उहाँले धर्म र संस्कृति फरक भएको बताउँदै नेवारहरु प्रकृतिका पुजारी भएको बताउँदै प्रकृति पुजालाई हिन्दुकरण गरेर लग्दा हिन्दुवादी जस्तो देखिएको बताउनुभयो । उहाँले नेवारहरु कहिले युद्ध जित्न नसक्ने भएकोले किरात कालदेखि अहिलेसम्म शाषित भएर बस्नु परेको बताउँदै नेवारहरुको संस्कार प्रजातान्त्रीक र सभ्याता गणतान्त्रीक भएको उदाहरणहरु प्रस्तुत गर्नुभयो । 
उहाँले संगठन भनेको रक्त सञ्चार जस्तै निरन्तर क्रियाशील बनाउनुपर्ने भएकोले सम्मेलन पुनःगठन गर्नुपर्ने, सदस्यता वितरण र युवा र विद्यार्थीहरुलाई संगठित गरि देश र समाज प्रति उत्तरदायी बनाउनु पर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाल कर्मचारी समाजका अध्यक्ष गौतम प्रसाद लासिवाले कर्मचारीहरु कार्यालय समय असल, अनुशासित, इमान्दार र आफ्नो काम चुस्तदुरुस्त, छिटो छरिटो जनतालाई सेवा गर्नुपर्ने बताउँदै कार्यालय समय बाहेक कार्यकर्ता भएर अध्ययन संस्कृतिको विकास गर्ने, का.रोहितले भन्नुभए जस्तै देशको निम्ति आवश्यक परे हतियार उठाएर लड्न समेत तयार हुनुपर्ने, कर्मचारीहरु राजनीतिक र सांस्कृति रुपले सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिमित साथीहरु बीच कार्यक्रम गर्दा मित्र मण्डलीको रुपमा लिने भएकोले कार्यक्रममा व्यापक सहभागिता गराउने गरी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संजय मानन्धर, विकास प्रजापति, राम छुस्याकी, काशिराम प्रजापति, सत्यलक्ष्मी कुसीले नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो ।    

फाेटाेमा हेर्नुहाेस्...

जात्रालाई भौतिक वादी दृष्टिकोणले हेर्नुपर्ने

Comments