आज स्वतन्त्र पत्रकार संघ काठमाडौं, भक्तपुर र ललितपुरको साधारणसभा तथा अधिवेशन
चैत २४, २०८०, शनिबार | विहान १२:५८ बजे | 40
काठमाडौं । आज शनिबार स्वतन्त्र पत्रकार संघ काठमाडौ, ललितपुर र भक्तपुरको साधारणसभा तथा अधिवेशन हुँंदै छ । काठमाडौं र ललितपुरको संयुक्त रुपमा ललितपुरमा र भक्तपुरको कमलविनायकमा साधारणसभा तथा अधिवेशन हुन लागेको हो । भक्तपुरको विहान हुँंदैछ भने काठमाडौं र ललितपुरका दिउँंसो हुनेछ । कार्यक्रममा संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटलगायतका विशिष्ट अतिथिहरुले सम्वोधन गर्ने कार्यक्रम छ । अधिवेशनले नयाँं नेतृत्व पनि चयन गर्ने जनाइएको छ ।
संघको देशभर झण्डै तीन दर्जन जिल्लाहरुमा जिल्ला शाखाहरु रहेका छन् । यसको केन्द्रिय कार्यालय भने पोखरामा छ ।